रुद्रलाल समाजसेवा पुरस्कार भूमि अधिकारकर्मी राजगोपाललाई « Khabarhub

रुद्रलाल समाजसेवा पुरस्कार भूमि अधिकारकर्मी राजगोपाललाई


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको रुद्रलाल समाज सेवा पुरस्कार भारतका गान्धी चिन्तक एवम् समाजसेवी तथा भूमी अधिकारकर्मी राजगोपाल पीभीलाई प्रदान गरिएको छ ।

छत्रलक्ष्मी–रुद्रलाल मुल्मी स्मृति प्रतिष्ठानले शुक्रवार आयोजना गरेको एक कार्यक्रमका माझ गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा।रामवरण यादवले सो पुरस्कारका सथा पीभीलाई सम्मान गरेका थिए ।

नेपाल पत्रकार संघका संस्थापक सदस्यसमेत रहेका रुद्रलाल मुल्मी नेपालका शरुताकाका समाजसेवी तथा गान्धी चिन्तक हुनुका साथै नेपाली मौलिक कपडा प्रवद्धन गर्ने व्यक्तित्व पनि हुन् । मुल्मी र भारतका राजगोपाल पीभीको योगदान उस्तै खाले पाइएकाले र निस्वार्थ रुपमा भूमी अधिकारका लागि लाखौं भूमिहिनको पक्षमा ३ सय ५० किलोमिटरसम्म पैदल र्‍याली गरी जनताको सेवा गरेकाले सम्मान गरिएको कार्यक्रममा बताइएको थियो ।

कार्यक्रममा प्रथम राष्ट्रपति डा. यादवले अहिले पनि संसारमा द्वन्द्व र युद्धको माहौल रहेको तर नेपालले ती सवैलाई निस्तेज पार्न शान्ति कायम गरी जनताको अधिकार स्थापित गर्न सकेकोमा खुशी व्यक्त गरे । नेपाललगायत सम्पूणर् मुलुकमा बुद्ध र गान्धीको अहिंसावादी चिन्तन अत्यावश्यक भएको चर्चा उनले कार्यक्रममा गरेका थिए ।

सम्मानित व्यक्तित्व राजगोपाल पीभीले शान्ति स्थापना गर्न नेपालले उदाहरणीय काम गरेको चर्चा गर्दै अन्य मुलुकमा अहिंसा पछि अहिंसा कायम नै रहेको तर नेपालले १२ वर्षको द्वन्द्वलाई शान्तपूर्वक समापन गरेकोमा खुलेरै प्रशंशा गरे । नेपालमा पनि गान्धीको चिन्तकहरु रहेको र गान्धी चिन्तनलाई व्यवहारिक रुपमा नेपालमा ल्याउन स्व। रुद्रलाल मुल्मीले ठूलो योगदान गरेको चर्चा उनले गरे ।

भारतीय राजदुतावासमा प्रथम सचिव नविन कुमारले भारतको स्वतन्त्रताका लागि नेपालीहरुले पनि दिलोज्यान दिइ आन्दोलनमा सहभागी भएकाले नेपाल र नेपालीप्रति भारत सदैव आभारी भएको स्पष्ट पारे ।

महात्मा गान्धीको विचार र समाज रुपान्तरण विषयक गोष्ठीमा आफ्नो विचार प्रस्तुत गर्दै मानवअधिकार रक्षक गौरी प्रधानले गान्धी चिन्तनलाई व्यवहारिक रुपमा उतार्न रुद्रलाल मुल्मी सफल भएको र गान्धीले जस्तै खाडी आन्दोलन, चर्खा प्रचारक, दलित मुक्तिलगायतका क्षेत्रमा स्व।मुल्मीले संस्मरणीय कार्य गरेको चर्चा गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नानु बास्तोलाले गान्धीको चिन्तनको प्रेरणाले गर्दा नै विश्वमा अहिंसात्मक आन्दोलनबाट विभिन्न मुलुकले ठूला ठूला तानाशाहीबाट मुक्त पाएको चर्चा गरिन् । नेपालमा पनि २०४६ साल र ०६२/६३ सालको आन्दोलन कहिं न कतैबाट गान्धीको विचारधाराबाट प्रेरित भएको उनले बताइन् ।

गान्धी अध्येता शंकर तिवारीले विश्व इतिहासमा महात्मा गान्धी सिद्धान्तको प्रतिपादक मात्र नभएर युगका महान नेता पनि भएको दृष्टान्त पेश गरे । दोस्रो विश्वयुद्धको विभीषिकाबाट त्रसित विश्वलाई अहिंसाको मार्गबाट पनि परिवर्तन सम्भव छ भन्ने विश्वस्त गराउन गान्धी सफल भएको चर्चा तिवारीले गरे ।

वरिष्ठ मानवअधिकारकर्मी प्रा।कपिल श्रेष्ठले रुद्रलाल र गान्धीले मानवताको लागि गरेको र उनीहरुले गर्दा अहिले शान्तिपूर्वक जनताले काम गर्न पाएको बताए । आयोजक समितिका अध्यक्ष शान्तलाल मुल्मीले अहिंसा र शान्तिको पाठ विद्यालयस्तरबाटै शुरु गर्नुपर्ने चर्चा गरे ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १० : १५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित