नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघ बागमतिको अध्यक्षमा संगम लामा  « Khabarhub

नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघ बागमतिको अध्यक्षमा संगम लामा 


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघ बागमती प्रदेशको अध्यक्षमा संगम लामा निर्वाचित भएका छन् । संघको  तेस्रो भेलाबाट लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

समितिको उपाध्यक्षमा केशव कवां र नविनबज्र लामा, सचिवमा तीर्थरत्न राजचल र कोषाध्यक्षमा कल्पना विश्वकर्मा सर्वसम्मत भएका छन् । त्यसैगरी सदस्यहरूमा विज्वेल सुवाल, राम शिवाकोटी, रामकाजी श्रेष्ठ, निर्मला तामांग, पुष्पराज भटटराई, नगेन्द्र महर्जन, नीरा मानन्धर र राजाराम बासी चुनिएका छन् । बाँकी सात जना सदस्य पछि मनोनित गरिने जनाइएको छ । विधान अनुसार जिल्लाबाट प्रदेश कमिटीमा सदस्य रहेका व्यक्ति जिल्ला संयोजक रहने व्यवस्था रहेको जनाइएको छ ।

यसअघि भेलाको उद्घाटन बागमती प्रदेशका सामाजिक  विकाश  मन्त्री कुमारी मोक्तानले गरेकी थिइन् । कार्यक्रममा नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघका केन्द्रीय अध्यक्ष पूर्णप्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष कुमार कार्की, केन्द्रीय सदस्य राजकुमार लघूलगायतले खेलको विकासमा आआफ्नो धारणा राखेका थिए । कार्यक्रम संघका निवर्तमान अध्यक्ष उमा थपलियाको सभापतित्वमा भएको थियो । 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ८ : ०३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित