कस्तो बच्चामा रुघाखोकी बढी लाग्छ ?

‘दम भएका बच्चालाई चिसोले दुःख दिन्छ’


७ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिसो बढेसँगै बालबालिकामा धेरै समस्या देखिने चिकित्सक बताउँछन्। चिसोमा बालबालिका तथा ठुलो मान्छेमा पनि बढी सताउने समस्या भनेको मौसमी रुघाखोकी हो। नाकबाट पानी बग्ने समस्या बालबालिकामा यो मौसममा धेरै देखिने गरेको छ। रुघा लागेको बेलामा मानिसको मन पनि एकाग्र हुँदैन। मानिसको स्मरण शक्तिले पनि ठिकसँग काम गर्दैन। रुघाखोकी भाइरसको कारणले लाग्छ भनिएता पनि अरू कारणले पनि आउने चिकित्सक बताउँछन्। बालबालिकामा जाडो मौसममा लाग्ने मौसमी रुघा-खोकीको समयमा राम्रोसँग उपचार नगर्दा निमोनिया हुने गर्छ। यो मौसममा बालबालिकालाई कस्तो–कस्तो समस्याले सताउँछ। जाडो मौसममा नवजात शिशुको कसरी हेरचाह गर्ने ? यिनै विषयमा आधारित रहेर खबरहबका लागि बाल रोग विशेषज्ञ डा. दीपक राजभण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंशः

चिसोमा बालबालिकालाई बढी सताउने स्वास्थ्य समस्या के हुन् ?
चिसोमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले बालबालिकालाई नाकबाट पानी बग्ने, रुघाखोकी र झाडापखालाको समस्याले धेरै सताउने गर्छ। जाडो बढेसँगै बालबालिका मात्र होइन अरूमा पनि धेरै समस्या देखा पर्छन्। विशेषतः बालबालिकामा अरू समयमा भन्दा चिसोमा धेरै समस्या देखा पर्दछन्। धेरै चिसोमा बच्चालाई नुहाउँदा पनि चिसो लाग्छ। चिसो लागेपछि नाकबाट पानी बग्ने समस्या झन् धेरै हुन्छ। दमको बच्चालाई चिसोले दुःख दिन्छ। चिसो हुँदा सास फेर्न गाह्रो हुने हुन्छ।

रुघाखोकी प्राय सबै बच्चामा हुन्छ। विशेष गरेर स्कुल जाने साना बच्चामा यो समस्या एकबाट अरूमा पनि सर्नसक्छ। त्यसमा पनि अभिभावकले विशेष ध्यान दिनुपर्छ।

कस्तो बच्चामा रुघाखोकी बढी लाग्ने हो ?
रुघाखोकी प्राय सबै बच्चामा हुन्छ। विशेष गरेर स्कुल जाने साना बच्चामा यो समस्या एकबाट अरूमा पनि सर्नसक्छ। त्यसमा पनि अभिभावकले विशेष ध्यान दिनुपर्छ। साथै बालबालिकालाई न्यानो बनाएर राख्यो भने यो समस्या निको हुन्छ।

यस्तो समस्या हुँदा घरमा के गर्न सकिन्छ ?
बालबालिकामा साधारण ज्वरो रुघाखोकी लाग्यो भने साधारण तापक्रममा राख्ने गर्नुपर्छ। मनतातो पानी, सुप, बेसार पानी खुवाउने, नाक थुनियो भने तोरीको तेलले सफा गर्ने गर्नुपर्छ। नुन पानी राखेर नाक सफा गर्ने गर्नुपर्छ। न्यानो कपडा लगाइदिने गर्दा अस्पताल आउनु पर्दैन।

मेडिकलमा गयो भने औषधि सजिलै किन्न पाइन्छ। तर, त्यसले धेरै फाइदा गर्दैन। त्यसैले त्यो औषधि नखुवाएको नै राम्रो हो। घरेलु औषधिले भएन भने सम्बन्धित डाक्टरकोमा गएर जाँच गरेर मात्र औषधि खानुपर्छ।

धेरैमा तीन दिन भन्दा बढी ज्वरो आयो भने अस्पताल नै जानु पर्दछ। नेपालमा धेरै ज्वरो नआएसम्म अस्पताल जाने चलन छैन। मेडिकल गएर आफै रुघाखोकी लाग्यो भनेर औषधि किनेर धेरैले खाने गर्नुहुन्छ। मेडिकलमा गयो भने औषधि सजिलै किन्न पाइन्छ। तर, त्यसले धेरै फाइदा गर्दैन। त्यसैले त्यो औषधि नखुवाएको नै राम्रो हो। घरेलु औषधिले भएन भने सम्बन्धित डाक्टरकोमा गएर जाँच गरेर मात्र औषधि खानुपर्छ।

यो मौसममा बालबालिकाको हेरचाह कसरी गर्ने ?
स्कुल जान नसक्ने बालबालिकालाई प्रशस्त मात्रामा आमाको दूध खुवाउने गर्नुपर्छ। मनतातो बनाएर पानी खुवाउने, फलफूलहरू र जुस पनि मनतातो पानीमा डुबाएर खुवाउनुपर्छ। अरु रुघाखोकी लागेका मान्छेहरूले उनीहरूलाई छुनु हुँदैन। स्कुल जाने बच्चामा ज्वरो रुघाखोकी लाग्यो भने उनीहरूलाई स्कुलमा पठाउनु हुँदैन। स्कुलमा पठाएको बच्चाले समयमा खाना खायो कि छैन ? कसरी खाएको छ भन्ने कुरामा ध्यान दिनुपर्छ ? स्कुलबाट फर्केपछि उसलाई हल्का मनतातो पानीले पुछेर न्यानो कपडा लगाउने गर्दा बच्चालाई यो चिसोबाट बचाउन सकिन्छ।

स्कुल जान नसक्ने बालबालिकालाई प्रशस्त मात्रामा आमाको दूध खुवाउने गर्नुपर्छ। मनतातो बनाएर पानी खुवाउने, फलफूलहरू र जुस पनि मनतातो पानीमा डुबाएर खुवाउनुपर्छ।

स्कुलमा शिक्षकले पनि बच्चाको स्वास्थ्य कस्तो छ। त्यसमा ध्यान दिनुपर्छ। किनभने अभिभावकलाई स्कुलमा बच्चा पठाएपछि अब यति घण्टाको लागि ढुक्क भयो अब काममा जान्छु भन्ने हुन्छ। त्यसैले रोगी बच्चालाई छुट्टै राख्यो भने यो रुघाखोकी धेरै सर्दैन। रुघाखोकीमा सकेसम्म घरेलु उपचारमा ध्यान दिने र सामान्य तापक्रममा राख्ने गर्नुपर्छ। त्यो गर्दा पनि रुघा लाग्ने समस्या कम हुन्छ। ज्वरो आयो भने चाहिँ चिकित्सकको सल्लाहमा औषधि चलाउने गर्नुपर्छ।

चिसोमा नवजात शिशुको कसरी हेरचाह गर्ने ?
कोठामा २६ डिग्री तापक्रममा राख्ने, आगोमा भन्दा पनि हिटरको तातोमा तेल लगाउने गर्नुपर्छ। रुघाखोकी लागेको मान्छे आएर त्यो बच्चालाई नछोइदिने हो भने बच्चा स्वस्थ हुन्छ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ७ : ०० बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र