प्राङ्गारिक मल उत्पादन गर्दै स्थानीय तह « Khabarhub

प्राङ्गारिक मल उत्पादन गर्दै स्थानीय तह


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– लामो समयदेखि रासायनिक मलको अभाव भोग्दै आएका स्थानीय किसानका लागि स्थानीय तहले व्यावसायिक रुपमा प्राङ्गारिक (कम्पोस्ट)मल उत्पादन थालेका छन् । हाल काभ्रेपलाञ्चोकका पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाले कम्पोष्ट मल उत्पादन थालेका हुन् । 

भुम्लुले मंगलबारदेखी उत्पादित मल नमुनाका रुपमा किसानलाई उपलब्ध गराउन थालिएको पालिका कार्यालयले जनाएको छ । ‘बायो–चार’ नामक उक्त जैविक प्राङ्गारिक मल उत्पादनका लागि प्रशिक्षणमार्फत अभियानका रुपमा सबै वडामा पुर्‍याइने गाउँपालिका अध्यक्ष प्रेम भुजेलले बताएका छन् । ‘किसनालाई आफैं मल उत्पादन गर्ने तालिम दिई मेसिनसमेत उपलब्ध गराउने योजना बनाएका छौँ’, उनले भने, ‘यसले रासायनिक मल अभाव टार्दै बिग्रेकाे माटोलाई सुधार्न मद्दत गर्ने अपेक्षा गरेका छौँ ।’

भजुेलका अनुसार किसानद्वारा उत्पादित मलको प्रयोगशाला परीक्षण स्थानीयस्तरमै गर्ने तथा लेबलिङ गरी गाउँपालिकाले खरिद गरी बिक्रीवितरण गर्ने छ । दाउराको कोइला तथा बाख्राको बड्कौँला मिश्रित कच्चपदार्थमार्फत बनाइएको मल दुई हप्तापछि प्रयोग गर्न मिल्ने जनाइएको छ । उनका अनुसार गाउँपालिकाले पहिलो चरणमा पत्येक वडाबाट दुई किसानलाई तालिम दिने र ती प्रशिक्षित किसनाले वडास्तरका अन्य किसानलाई तालिम दिने छन् ।

पाँचखाल नगरले गत कात्तिक तेस्रो सातादेखि जापानिज प्रविधिबाट प्राङ्गारिक मल उत्पादन थालेको थियो । पाँचखाल–४ स्थित जिरोकिलोमा स्थापित प्राङ्गारिक मल केन्द्र स्थापना गरी नगरमा निस्कने कुहिने फोहर संकलन गर्नुका साथै गोबर सुली, पातपतिङ्गरको प्रयोगबाट जापानिज प्रविधिद्वारा प्राङ्गारिक मल उत्पादन सुरु गरिएको पालिका कार्यालयले जनाउको छ ।

केन्द्रले नेपाल सरकारको मापदण्डअनुसार जापानीज प्रविधि ९सिएनबीएम०मा मल उत्पादन गर्न थालेको नगर प्रमुख महेश खरेलले बताए।  सिएनबीएम प्रविधिमा कार्बन, नाइट्रोजन, मिनरल्स् र ब्याक्टेरियाको समिष्रणबाट प्राङ्गारिक मल उत्पादन हुने रिकिशी कम्पोस्ट प्रालिको प्रबन्ध निर्देशक उषा गिरीले बताए। ‘ती मिष्रणबाट बनेको मलले माटोलाई खुकुलो बनाउनुका साथै बिरुवाका लागि आवश्यक सबैखाले पोषकतत्व पुग्दछ’, उनले भने , ‘मागअनुसार पर्याप्त मल उत्पादन गर्न सक्छौँ । यसका लागि किसानलाई जानकारी दिलाउनु आवश्यक छ ।’ 

प्राङ्गारिक मल उत्पादनका लागि नगरमार्फत कुहिने फोहर तथा जङ्गलका पातपतिङ्गर व्यवस्थापनमा सहयोग गरे केन्द्रले किसनालाई मल कसरी वितरण गर्नेबारे थप छलफल गर्ने जनाएको छ । गिरीका अनुसार जापानीस्थित ग्रिन यामाकाजी कम्पोस्ट प्रालिको सिएनबीएम प्रविधिमा पाँचखालमा प्राङ्गारिक मल उत्पादन थालिएको हो । केन्द्रले स्थानीय किसानलाई उक्त मलबारे शिक्षा, तालिम र चेतना तथा प्राविधिक र परामर्श सेवा प्रदान गरिने जनाएको छ । 

रासायनिक मलको अभावमा पर्याप्त कृषि उपज उत्पादन गर्न कठिनाइ भएको समयमा केन्द्रको स्थापनाले किसानलाई निकै राहत पुग्ने नगर प्रमुख खरेलले बताएका छन्। उनले भने ‘नगरले फाहर संकलन तथा अन्य आवश्यक समन्वय र सहयोग सुरु गरेको छ ।’ 

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ५ : २४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित