गाउँपालिकाद्वारा सडक हेरचाह गर्न हेरालु परिचालन « Khabarhub

गाउँपालिकाद्वारा सडक हेरचाह गर्न हेरालु परिचालन


७ असार २०८०, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको भीमसेन थापा गाउँपालिकाले बर्खायामका समयमा पालिकाभित्रका मुख्यमुख्य ग्रामीण सडक सुचारु राख्न सडक हेरालु नियुक्त गरी परिचालन गरेको छ । गाउँपालिकाले पालिकाभित्रका एउटा वडामा कम्ती एक जना पर्नेगरी १० जना सडक हेरालु छनोट गरी अभिमुखीकरण प्रदान गरिइएको छ ।  सडक मर्मतसम्हार र हेरचाहका लागि हेरालु परिचालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए ।  

बर्खा लागेसँगै सडकमा बग्ने भल तथा ससाना पहिरा समयमा नै नियन्त्रण गर्न नसक्दा पछि बढी क्षति हुने गरेकाले समयमै भल तथा पहिरा व्यवस्थापन गरी मुख्यमुख्य ग्रामीण सडक मर्मतसंहार गर्नसके निर्माण भइसकेका सडक पूर्वाधारका क्षति न्यूनीकरण गर्न सकिने  भएकाले सडक हेरालु भर्ना गरेर परिचालन गरेको उनले बताए ।

‘गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै सडक स्याहारसंहार तथा मर्मतका लागि सडक हेरालु नियुक्त गरेर परिचालन गर्ने नीति लिएको थियो, उनले भने, ‘अन्य बेलाभन्दा पनि बर्खायामको समयमा सडक हेरालुको आवश्यकता बढी पर्ने भएकाले पहिलो पटक चार महिनाका लागि नियुक्ति दिएर उहाँहरूलाई काममा खटाएका छौँ ।’

नियुक्त भएका सडक हेरालुले वडा कार्यालय र वडाको प्राविधिकको निगरानी र निर्देशनमा वडाभित्रमा मुख्यमुख्य सडकमा नियमित यातायात सञ्चालन गर्नेगरी काम गर्ने उनले बताए । उनीहरूको मुख्य गरी नाला सरसफाइ गर्ने, खाल्डाखुल्डी पुर्ने, भल कटाउने सडकमा पानी बग्न नदिने, झाडी तथा झारपात हटाउने, सडक अतिक्रमणबाट जोगाउनेलगायतका काम गर्ने प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।

‘सानातिना भलपानी र पहिरोले भत्काएका सडक समयमा मर्मत गर्न नसक्दा सडकमा धेरै क्षति हुने गरेको छ’, उनले भने , ‘यसले विकासमा थप भार पर्ने मात्र नभई लामो समयसम्म सडक पनि अवरुद्ध हुने अवस्था आउने गरेकाले यो वर्षदेखि पालिकाभित्रका मुख्य सडक बिग्रनेबित्तिकै बनाउने गरी सडक हेरालु परिचालन गरेका छौँ ।’

‘सडक हेरालुलाई सडक मर्मतसंभारमा प्रयोग हुने सामग्री गाडा, बेल्चा, गैँची, कोदाली, घन, जावेल, कराई, टेपलगायतका आवश्यक सामग्री उपलब्ध गराएको छ’, उनले भने, ‘यसबाहेक सडक हेरालुको सुरक्षाका लागि आवश्यक पर्ने सेफ्टी हेल्मेट, ज्याकेट, सेफ्टी बुट र पञ्जा सामग्री पनि हस्तान्तरण गरिएको छ ।’

सडक हेरालुको कामको गाउँपालिका र वडाले अनुगमनको व्यवस्था पनि मिलाएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । गाउँपालिकाले छनोटमा परेका सबैलाई तालिम तथा अभिमुखीकरण प्रदान गरी नियुक्त पत्र दिएर काममा खटाइएको उनले जानकारी दिए । 

पालिकाभित्रका सबै मुख्य सडकसमेत कच्ची भएकाले हरेक वर्ष बर्खा लागेसँगै भलबाढीले सडकमा क्षति पुग्ने र बर्खाभरि नै अवरुद्ध हुने हुँदा नागरिकले हरेक वर्ष सास्ती खेप्दै आउनुपरेको छ । 

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  १ : १५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित