उपनिर्वाचन : पृथ्वी राजमार्गमा प्रहरी सुरक्षामा सवारी साधन चल्ने « Khabarhub

उपनिर्वाचन : पृथ्वी राजमार्गमा प्रहरी सुरक्षामा सवारी साधन चल्ने


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- वैशाख १० गते तनहुँ क्षेत्र नं १ मा हुने उपनिर्वाचनका लागि उक्त दिन पृथ्वीराजमार्गमा प्रहरी सुरक्षामा सवारी साधन चलाइने भएको छ । मुख्य राजमार्गको रूपमा रहेको उक्त खण्डअन्तर्गत मुग्लिनदेखि चापाघाटसम्म प्रहरी स्कर्टिङमा सवारी साधन सञ्चालनको व्यवस्था मिलाउन लागिएको हो ।

सो दिन उपनिर्वाचन हुने क्षेत्रअन्तर्गतका ठाउँमा भने यात्रु झर्न वा चढ्न नपाउने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । मुग्लिनबाट पोखरातर्फ जान आउने सवारीसाधन वा चापाघाटतर्फ मुग्लिनतर्फ जाने सवारी साधनलाई डेढ/डेढ घण्टाको फरकमा स्कर्टिङ गरिने उनले बताए ।

उपनिर्वाचनका दिन आइतबार तनहुँ क्षेत्र नं १ अन्तर्गतका पाँच स्थानीय तहका भित्री सडक भने पूर्णरुपमा बन्द हुनेछ । ‘अत्यावश्यक काम नपरी उक्त दिन यात्रा नगर्न सबैलाई आग्रह गर्दछु, काम परे वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ,’ उनले भने, ‘मुख्य राजमार्गमा प्रहरी स्कर्टिङ हुने भएकाले बीचमा चढ्ने वा झर्न पाइँदैन ।’ निर्वाचनको संवेदनशीलतामा ध्यानमा राखेर यात्रा गर्ने यात्रुहरू तनहुँ क्षेत्र नं १ अन्तर्गतका व्यास, आँबुखैरेनी, भानु, बन्दीपुर र देवघाट क्षेत्रमा झर्न पाउँदैनन् ।

उपनिर्वाचनका दिन अत्यावश्यक सेवाअन्तर्गतका एम्बुलेन्स, दूध बोक्ने ट्याङ्कर, फोहर बोक्ने सवारी साधन, स्वास्थ्य संस्थाका सवारी साधनलाई भने निर्वाधरुपमा सञ्चालन गर्न दिइनेछ ।

निर्वाचनलाई भयरहित, निष्पक्ष र मर्यादित बनाउन सुरक्षा प्रबन्ध मजबुद बनाइएको प्रजिअ रिजालले जानकारी दिए । मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य रूपमा वर्गीकरण गरी सुरक्षा प्रबन्ध मिलाइएको छ । निर्वाचनका दिन पहिलो घेरामा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाको सुरक्षा रहनेछ ।

उपनिर्वाचनका दिन हावाहुरी र पानी परेको खण्डमा मतपत्र र मतपेटिका सुरक्षाका लागि आवश्यक सबै व्यवस्थापन मिलाइएको उनले बताए ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ६ : ०८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित