अब कतारबाटै पुनः श्रम स्वीकृति प्रदान गरिने



दोहा – कतारस्थित नेपाली दूतावासले पुनः श्रम स्वीकृति प्रदान गर्ने भएको छ। नेपाल सरकार (सम्माननीय प्रधानमन्त्रीस्तर) को निर्णयबमोजिम गन्तव्य मुलुकमा रहेको नेपाली कुटनीतिक नियोगबाट श्रम स्वीकृति प्रदान गर्ने सम्बन्धमा दोहास्थित नेपाली दूतावासले वैशाख १२ गतेदेखि पुनः श्रम स्वीकृतिको प्रक्रिया सुचारु हुने भएको छ।

पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभागको वेबसाइटमा आवेदन दिन सकिनेछ। हाललाई दूतावासको उपलब्ध जनशक्तिको आधारमा बढीमा दैनिक ५० आवेदन रुजु गरिने दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभागको वेबसाइटमा गई वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिका लागि मात्र भन्नेमा लग इन गर्नुपर्ने हुन्छ। लग इन भइसकेपछि पासपोर्ट नम्बर र पासवर्ड प्रयोग गरेर वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रवेश गर्नुपर्ने हुन्छ र श्रम स्वीकृतिका लागि आवेदनमा क्लिक गरी प्रक्रिया अगाडि बढाई आवेदन दिनुपर्ने हुन्छ। पासवर्ड बिर्सिएको खण्डमा राजदूतावासको labour.doha@mofa.gov.np मा इमेल गरी आफ्नो पासपोर्ट नम्बरसहित रिसेटका लागि अनुरोध गर्न सकिनेछ।

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा गइसकेपछि माग भए बमोजिमको सम्पूर्ण कागजपत्र राखेर अन्तिममा श्रम स्वीकृतिका लागि आवेदन ठाउँ कतार छनौट गरी आवेदन दिनुपर्ने हुन्छ। प्रक्रिया पुरा गर्नका लागि राहदानी, कतारी आइडी, करार सम्झौता पत्र, पुरानो श्रम स्वीकृति, कतार आएको मिति स्पष्ट देखिने कागजात अपलोड गर्नुपर्ने हुन्छ।

श्रम स्वीकृतिका लागि तिर्नु पर्ने कल्याणकारी कोष, जीवन बीमा र सामाजिक सुरक्षा कोषको रकम विद्युतीय भुक्तानी प्रणाली कनेक्ट आईपीएस, ई सेवा र खल्तीबाट तिर्न सकिनेछ। श्रम स्वीकृतिका सम्बन्धी कार्यका लागि दूतावासमा उपस्थित भने हुन नपर्ने जनाएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ८ : १७ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र