महिला विश्वकपको फाइनल आज, उपाधिका लागि इंग्ल्याण्ड र स्पेन भिड्ने « Khabarhub

महिला विश्वकपको फाइनल आज, उपाधिका लागि इंग्ल्याण्ड र स्पेन भिड्ने


३ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्व कप फुटबलको फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा आज उपाधिका लागि इंग्ल्याण्ड र स्पेनबीच प्रतिस्पर्धा हुनेछ ।
खेल नेपाली समयअनुसार अपराह्न पौने ४ बजे अष्ट्रेलियाको सिड्नीमा हुनेछ । 

सेमिफाइनलमा इंग्ल्याण्डले आयोजक अस्ट्रेलियालाई हराएको थियो भने स्पेनले स्वीडेनलाई पराजित गरेको थियो । यो महिला विश्व कपमा नयाँ टोली च्याम्पियन बन्दैछ ।

हिजो तेस्रो स्थानका लागि भएको खेलमा आयोजक अस्ट्रेलियालाई २–० गोलले हराउँदै स्वीडेन तेस्रो भएको छ ।

गत जुलाई २० देखि अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको ३२ राष्ट्र सहभागी महिला विश्व कप फाइनल खेलसँगै आज समापन हुँदैछ ।

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  ७ : १९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित