वः फेस्टिभलमा हजारौँको भीड « Khabarhub

वः फेस्टिभलमा हजारौँको भीड


६ जेष्ठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– मध्यपुरथिमिको निगुः पुखु अर्थात दुई पोखरीको डिलमा उभिएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकाल नेवारी परिकारहरुको स्वाद लिँदै भने, “क्या स्वादिलो नेवारी परिकार ।”

नेवारी परिकारको स्वाद चाख्न वः फेस्टिभलमा सहभागी हुन आएको भीड देखेर ढकाललाई उत्साहित भएका थिए। उनले स्थानीय परिकार, परिवेश, सम्पदा क्षेत्र पर्यटनको विकास गर्ने उद्देश्यले नगरपालिकाले आयोजना गरेको फेस्टिबलले धेरैलाई नेवारी परिकार चाख्ने मौका दिएको बताए।

मध्यपुरथिमि नगरपालिकाको आयोजना तथा मध्यपुर पर्यटन विकास समितिसँगको सहकार्यमा नेवार समुदायले खाने परिकार वः बारे जानकारी दिने तथा आन्तरिक र बाह्य पर्यटनको विकास गर्ने उद्देश्यले दुई पोखरीमा आयोजित फेस्टिभलमा सङ्घीय सांसद दुर्लभ थापादेखि प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार ढकाल, नगरपालिकाका पूर्वनगर प्रमुख, राजनीतिक दलका नेताहरु, कलाकर्मीलगायतको सहभागिता थियो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमि नगर क्षेत्र सम्पदा र सम्भावनाको पुरोना सहर भएकाले पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

मल्लकालदेखि नै सुरु भएको वः खाने परम्परालाई जीवन्त राख्ने मात्रै नभई यसको स्वाद सबैमा पु¥याउने र नेवारी परिकारको प्रवद्र्धन गर्ने उद्देश्य फेस्टिबलको रहेको उनको भनाइ थियो ।

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले फेस्टिबलमा एकै दिन २० हजारभन्दा बढीको आगमन भएको बताए । उनले हिजोसम्म चार लाखको कुपन बिक्री भएको बताए । उनले आजसम्म करिब ४० लाखको कारोबार भएको जानकारी दिए ।

फेस्टिभलमा यहाँका मौलिक उत्पादन चिउरा, तोरीको तेल, सेरामिक्सलगायतका १० र नेवारी परिकारका १३ गरी २३ वटा स्टल राखिएको छ । महोत्वसमा मध्यपुरथिमिको साथै कीर्तिपुर र चोभारबाट आएका व्यवसायीले स्टल राखेका छन् ।

मध्यपुर पर्यटन विकास समितिका सदस्य राजेश श्रेष्ठले फेस्टिबलमा सादा, अण्डा, मिक्स, बफलगायतका बारा, समयबजी, जुजु धौ, छोइला, कचिला, ड्याकुला, च्याउको बारा, आलुदम, अइला, छ्याङ्लगायतका खानेकुरा तथा पेय पदार्थहरु बिक्रीका लागि राखिएको जानकारी दिए ।

प्रत्येक स्टलमा दिनभर नै उत्तिकै भीड लागेको उनको भनाइ छ । प्रचारप्रसार संयोजक पत्रकार रत्नकृष्ण श्रेष्ठले बिहान ११ बजेदेखि सुरु भएको वः फेस्टिभलमा राति ७ बजेसम्म उपभोक्ताकोे भीड रहेको बताए । उनले यो फेस्टिबलले थिमिको पहिचानलाई अझै बढाएको बताउँदै साँझ सुरु भएको साङ्गीतिक कार्यक्रममा थप रौनकता प्रदान गरेको बताए।

भक्तपुरको तलेजु भवानीलाई चढाइने ८४ प्रकारका रोटीमध्ये वः पनि एक हो । माय वः, मुं वः, मुसू वः, कःसू वः, भुति वः, मुस्या वः, चिचिन्दा वः लगायतका वःहरू तलेजु भवानीलाई चढाउने गरिएको छ । नेवार समुदायमा जन्मदेखि मृत्यु संस्कारसम्म तथा विभिन्न चाडपर्वमा वः लाई मुख्य परिकारको रुपमा प्रयोग गर्ने गरिन्छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  १० : ०६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित