तारकेश्वरमा ‘एक घर, एक धारा’ « Khabarhub

तारकेश्वरमा ‘एक घर, एक धारा’


६ जेष्ठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तारकेश्वर नगरपालिकाले एक घर, एक धाराका लागि नगरपालिकाभित्रका ११ वटै वडामा पानी ट्याङ्की निर्माण गर्ने भएको छ। तारकेश्वरद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख कृष्णहरि महर्जनले नगरपालिकाभित्रका सबै वडामा २० लाख लिटरका ट्याङ्की निर्माण गरी नगरवासीलाई खानेपानी उपलब्ध गराउने जानकारी दिए ।

“हामी निर्वाचित भएको आज एक वर्ष पूरा भएको छ, निर्वाचित भएसँगै बसेको कार्यपालिका बैठकले गरेको एक घर, एक धारा निर्णय कार्यान्वयन गर्नका लागि प्रत्येक वडामा २० लाख लिटरका पानी ट्याङ्की निर्माण गर्न लागेका हौँ”, उनले भने। अँधेरी खोला र अल्ले खोलाको पानी तारकेश्वरमा ल्याइने उनको भनाइ थियो।

तारकेश्वरले हाल वडा नं २ काभ्रेस्थलीका चार हजार आठ सय ७५ घरधुरीलाई एक घर, एक धाराअन्तर्गत खानेपानी योजना सुरु गरिसकेको छ। तारकेश्वरले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत एक हजार ८३ वटा योजना र ठेक्कामार्फत २६ वटा योजना सम्झौता गरी कार्यान्वयनमा अगाडि बढेको नगरप्रमुख महर्जनको भनाइ छ।

प्रदेशस्तरीय योजनाबाट विष्णुमति करिडोर चाँडो निर्माण गर्न लागेको नगरप्रमुख महर्जनले बताए। सो नगरपालिकाले चालु आवमा २८ वटा कार्यपालिका बैठक बसी नगर विकासको लागि जनताकै हितमा हुने गरी निर्णय गरी प्रभावकारी कार्यान्वयन गरिरहेको छ।

तारकेश्वरले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्नका लागिरु आठ करोड ४६ लाख शिक्षामा बजेट विनियोजन गरेको नगरप्रमुख महर्जनले सुनाए। “म निर्वाचनबाट नगरप्रमुख भएको एक वर्ष भएको छ मैले पाउने तलब भत्ता गरिब, निमुखा, असहायका लागि वितरण गर्दै आएको छु”, उनले भने।

नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सिर्जना बुर्लाकोटी अर्यालले नगरपालिकामा बाटो मिचिएको र घरझगडाका मुद्दा बढी आउने गरेको बताइन्। स्थानीय तहमा परेका मुद्दा सकेसम्म स्थानीय तहमा नै टुङ्ग्याउने गरी नगरपालिकाको न्यायिक समितिले काम गरेको उनको भनाइ थियो।

उनले नगरपालिकामा परेका एक सय १० मुद्दामध्ये ५५ मुद्दालाई फैसला र मेलमिलाप गरेर पठाइएको उल्लेख गरिन्। सो नगरपालिकामा गत आवमा ५० मुद्दा र चालु आवमा ६० मुद्दा दर्ता भएका थिए। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा कृष्णबहादुर घिमिरेले संविधानले स्थानीय तहलाई दिएको अधिकारका क्षेत्रको सही र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर अगाडि बढिरहेको जनाए।

तारकेश्वरलाई जनमुखी बनाउन नगर प्रमुख र कार्यालय प्रमुखबीच कार्यसम्पादन करार सम्झौता सम्पन्न गरिएको उनको भनाइ छ। प्रमुख प्रशासकीय अधिकृत डा घिमिरेले भ्रष्टाचार, बेरुजु, पेश्कीलगायत विषयवस्तुमा शून्य सहनशीलता अवधारणा लागू गरी पारदर्शी, असल सुशासन कायम र सोको प्रभावकारी कार्यान्वयन गरिएको दबी गरे।

नगरपालिकाका सूचना अधिकारी सागर अर्यालले स्थानीय सरकारको पूर्ण अधिकारको सदूपयोग र आवश्यकीय कानुनको तर्जुमालाई प्राथमिकता दिएको बताए। उक्काइस हजार छ सय २३ घरधुरी रहेको सो नगरपालिकामा एक लाख ५१ हजार जनसङ्ख्या रहेको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ८ : २१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित