उदयपुरका ग्रामीण सडक पुनःमर्मत थालिए  « Khabarhub

उदयपुरका ग्रामीण सडक पुनःमर्मत थालिए 


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गाईघाट– उदयपुरको  दुर्गम पहाडी क्षेत्रका गाउँपालिकामा वर्षाका कारण भत्किएका र पहिरोले पुरिएर सवारीसाधन सञ्चालनमा समस्या भएका ग्रामीण सडक पुनः मर्मत थालिएका छन् ।

उत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ जोड्ने पहाडी ग्रामीण सडक वर्षाका कारण अवरुद्ध भएकाले पुनः मर्मत कार्य सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मेजर राईले बताएका छन्। सदरमुकाम गाईघाट मुर्कुची पुवाँरे भन्ज्याङ, माझखर्क हुँदै बासबोटे जोड्ने सडक खण्डहरू वर्षाले भत्किएका छन् ।  गाउँपालिका स्तरबाटै मर्मत तथा व्यवस्थापन कार्य सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष पुष्पकुमार राईले बताए ।

गाईघाट साउने, खाँबु हुँदै रसुवा भएर लिम्चुङबुङको बलाम्ता, ताम्लिछा जोड्ने अवरुद्ध ग्रामीण सडक पुनः मर्मत थालिएको छ । सो पालिकाको बलाम्ता, ताम्लछा, जाँते जस्ता ग्रामीण भेगसम्म यातायात सहज रुपमा सञ्चालन गर्न सडक मर्मत कार्य सुरु गरिएको छ ।

जिल्लाको पश्चिमी पहाडी क्षेत्रको ताप्ली गाउँपालिकाको कटारी, बेतिनी रुपाटार हुँदै ओख्ले, पीपलभन्ज्याङ, ठानागाउँ सहितका स्थानसम्म सहज तरिकाले यातायात सञ्चालन गर्न वर्षाले भत्काएको ग्रामीण सडक मर्मत सुरु गरिएको ताप्ली गाउँपालिकाका अध्यक्ष ढुगराज विकले बताए । जिल्लाको मध्य पहाडी क्षेत्रको रौतामाई गाउँपालिकामा पनि वर्षाले भत्काएका र भत्किएका सडक पुनः मर्मत गरेर सञ्चालन गर्ने प्रयास भइरहेको सो गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरले बताए । 

यस्तै रौता, आँपटार, रौता, भुटार, इनामेर नामेटारसहितका अवरुद्ध ग्रामीण सडक सञ्चालन गर्नका लागि आवश्यक काम थालिएको रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापा क्षेत्रीले बताए । जिल्लाको पहाडी क्षेत्रका अधिकांश ग्रामीण क्षेत्रका सडक वर्षाका कारण भत्किएको र खाल्डा परेको कारण यातायात पुनः सञ्चालन गर्न सम्भव नभएको कारण दसैँतिहार जस्ता चाडपर्वलाई लक्षित गरेर तयारी गरिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  २ : १९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित