हार्बर्ड विश्वविद्यालयका मानव अङ्गको ब्यापार हुने गरेको खुलासा « Khabarhub

हार्बर्ड विश्वविद्यालयका मानव अङ्गको ब्यापार हुने गरेको खुलासा


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युर्योक– अमेरिकाको प्रतिष्ठित हार्बर्ड विश्वविद्यालयमा एउटा अचम्मको खुलासा भएको छ । समाचार अनुसार धेरै वर्षदेखि यहाँ शव किनबेच हुँदै आएको थियो । त्यस कार्यमा यहाँका एक कर्मचारी दम्पती संलग्न रहेको खुलासा भएको हो ।

श्रीमान श्रीमतीले हार्बर्ड मेडिकल स्कुलको शवगृहबाट शवका अंग चोरेर बेच्ने गरेका थिए । तर, अहिले उनीहरूको पर्दाफास भएको छ । दुवैमाथि कारबाही भइरहेको छ । यसका लागि उनीहरूलाई १५ वर्षको जेल सजाय हुन सक्छ।

बीबीसीको रिपोर्ट अनुसार सेड्रिक लज नामका एक व्यक्ति हार्बर्ड मेडिकल स्कुलको शवगृहमा प्रबन्धक थिए। अमेरिकाभरबाट दान गरिएका शवहरू यहाँ ल्याइने गरिन्थ्यो । तर, सेड्रिकले आफ्नी श्रीमती डेनिशसँग मिलेर शवका अङ्गहरू चोर्ने गर्थे।

श्रीमान श्रीमतीले ती अंगहरू अनलाइनमार्फत बेच्ने गरेको खुल्न आएको छ । जुन कार्यका लागि उनको नेटवर्क देशभर फैलिएको थियो। रिपोर्टका अनुसार मृतकको अंग चोर्ने यो काम धेरै वर्षदेखि चलिरहेको थियो ।

सेड्रिक र उनकी श्रीमतीले लाशहरूबाट अंगहरू मात्र चोरेका थिए । जसले कालो बजारमा उच्च मूल्यमा बिक्री हुने गरेको थियो । समाचार अनुसार दुवैले प्रायः शवको टाउको, हड्डी, छाला र मासु निकालेर बेच्ने गदर्थे।

कयौं पटक सेड्रिकले आफ्ना ग्राहकहरूलाई शवगृहमा नै बोलाएर मृत शरीरबाट आवश्यक पर्ने भागहरू बेच्ने गरेको पनि खुल्न आएको छ ।

चार्जिङ स्टेटमेन्टका अनुसार सन् २०२० मा सेड्रिकले म्याक्लिन नामक महिलालाई शवको अनुहारको छाला बेचेका थिए। यसका लागि म्याक्लिनले सेड्रिकलाई करिब ५० हजार रुपैयाँ दिएका थिए ।

प्रारम्भिक अनुसन्धानले के देखायो भने म्याक्लिनले पसल चलाउने गर्थिन्, जुन पसलमा डरलाग्दो खेलौना बनाएर बेचिने गरिन्थ्यो ।

यस्तो अवस्थामा म्याक्लिनले शवको अनुहार ती खेलौनाहरूमा प्रयोग गरेको हुनसक्ने आशंका गरिएको छ ।

म्याक्लिनले पुतलीमा रगत प्रयोगसमेत गर्दै आएकी थिइन् । यो रहस्य खुलासा भए पछि म्याक्लिनले मृतकको शरीरका अंगबाट डरलाग्दो पुतली बनाउने गरेको आशंका गरिएको छ ।

सेड्रिक र तिनकी श्रीमतीले अर्को ग्राहकको विवरण समेत समावेश गरेका छन्, जसमा धेरै अनलाइन भुक्तानीहरू पनि समावेश गरिएको छ । जस्तो कि, यस्तै एउटा भुक्तानीमा ‘हेड नम्बर ७ को लागि १ हजार डलर’ लेखिएको फेला परेको थियो । 

जसका आधारमा यसअघि पनि सेड्रिकले कम्तीमा ६ शवको टाउको बेचेर १ हजार डलर अर्थात् प्रत्येक टाउकाको करिब ८० हजार रुपैयाँ लिएको बताइएको छ ।

सेड्रिकले विगत ४ वर्षमा ग्राहकसँग मात्रै ५० लाख रुपैयाँभन्दा बढीको सम्झौता गरेको खुलेको छ । यी शरीरका अंगहरू परम्परागत औषधि बनाउन र अवैध अनुसन्धानमा प्रयोग गरिन्थ्यो।

साथै, धेरै ठाउँहरूमा मानिसहरूले शौखका रूपमा पनि आफ्नो घर वा फार्म हाउसहरूमा मानव खप्परहरू सजाएको पनि खुलेको छ, त्यस्ता मानिसका लागि पनि उनीहरूले  चर्को मूल्यमा मानव शरीर बेच्दथे । (न्यूज कारखानाबाट)

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  १२ : २९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित