सडक निर्माणसम्बन्धी समस्या समाधान गर्न साझा संयन्त्र बनाइने « Khabarhub

सडक निर्माणसम्बन्धी समस्या समाधान गर्न साझा संयन्त्र बनाइने


५ माघ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकामा सडक निर्माणसँग सम्बन्धित निकायबीच सडक समस्या समाधानका लागि साझा संयन्त्र बनाएर काम गर्ने गरी सहमति भएको छ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपत्यकाका महानगरपालिका, सडकमा संरचना रहने निकायका प्रतिनिधिसहितको अन्तर्क्रियात्मक बैठकले कुनै एउटा निकायले मात्रै चाहेर सडकको राम्रो बन्न नसक्ने भन्दै मिलेर अघि बढ्ने गरी छलफल भएको हो।

विगतमा मन्त्रालय, स्थानीय निकाय र अन्य आयोजनाले छुट्टाछुट्टै सडक निर्माण गर्ने गरेको तर कुनै एक निकायले मात्रै चाहेर सडकको गुणात्मक विकास हुन नसकेको बताइएको छ।

उपप्रधानमन्त्री श्रेष्ठले सबै निकायबीच एउटा साझा संयन्त्र बनाएर समन्वयमा नै सडक निर्माण र सुधारको काम हुनुपर्ने बताए। सबैले समन्वयमा आआफ्नो काम गर्नुपर्नेमा उनको जोड छ। सडकमा स्वामित्व फरकफरक मन्त्रालय वा फरक सरकारको भए पनि कुनै पनि समस्या आउँदा भौतिक पूर्वाधार मन्त्रालयलाई आरोप लाग्ने गरेको उनको भनाइ छ।

उनले भने, “सडकमा खाल्डाखुल्डी छ भने त्यो आरोप भौतिक मन्त्रालयलाई आउँछ।” काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले आफूहरु मन्त्रालयसँग समन्वय गरेर काम गर्न तयार रहेको बताए।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक खरिद ऐन २०६३ लाई संशोधन गर्न आवश्यक रहेको औँल्याए।

कार्यक्रममा सहभागीले उपप्रधानमन्त्री श्रेष्ठले साझा संयन्त्र, काममा समन्वय र गुणात्मक विकासको अवधारणालाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने बताए।

सो बैठकले सडक निर्माणमा रहेका समस्याको पहिचान गरेर कामलाई गति दिइने र हरेक महिनाको १५ गते पछिको शुक्रबार २ बजे बैठक बस्ने पनि सहमति गरेको छ।

बैठकमा काठमाडौँ र ललितपुर महानगरपालिकाका प्रमुखहरु, मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, काठमाडौँ उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनासहित सडक निर्माणसँग सम्बन्धित निकाय वा आयोजनाका दुई दर्जनभन्दा बढी प्रतिनिधिको उपस्थिति थियो।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ७ : २६ बजे

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने