‘आधारभूत संस्कृत भाषा’ कक्षामा आकर्षण बढ्दो « Khabarhub

‘आधारभूत संस्कृत भाषा’ कक्षामा आकर्षण बढ्दो


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ- स्याङ्जाको वालिङमा संस्कृत भाषाको संरक्षणका लागि सञ्चालन गरिएको आधारभूत संस्कृत भाषा कक्षामा युवा प्रशिक्षार्थी आकर्षित हुँदै गएका छन् ।

विश्व हिन्दू महासङ्घ स्याङ्जा, विश्व हिन्दू युवा सङ्घ स्याङ्जाको सहकार्य र केदारनाथ मन्दिरको आयोजनामा वालिङमा सञ्चालन भएको भाषा कक्षामा युवा प्रशिक्षार्थी आकर्षित हुँदै गएका हुन् ।

एक महिना अघिदेखि सुरु गरिएको भाषा कक्षामा वालिङ तथा आसपासका पालिकाका एक सय जना भर्ना भई अध्ययन गरिरहेका कार्यक्रम संयोजक खगेन्द्रप्रसाद अर्यालले बताए ।

“संस्कृत भाषा कक्षामा अहिले युवा बढी आकर्षित देखिएका छन्, विद्यार्थीको सक्रिय सहभागिता रहेको छ” उनले भने, “भाषा कक्षाबारे धेरैले चासो लिएका छन् , आगामी चरणका कक्षामा समावेश गर्ने तयारी छ ।”

भाषा कक्षा सञ्चालन भएको एक महिना भइसकेकाले नयाँ प्रशिक्षार्थीलाई बीचमा सहभागी गराउँदा प्रभावकारी नहुने भएकाले अर्को चरणमा सुरुआतबाटै सहभागी गराउने संयोजक अर्यालले बताए । वालिङ–८ का सिलाइकटाइ व्यवसायी लीलाबहादुर रनपाल संस्कृत भाषा सिक्न पाउँदा खुसी लागेको बताउँछन् ।

सिलाइकटाइ व्यवसायका अलावा उनले आफ्नो समुदायमा हुने शुभकार्य तथा पितृ कार्य गराउँदै आएका छन् । किताब पढेको र आफूभन्दा अग्रजले गरेको देखेकै आधारमा कार्य गराउँदै आएका रनपालले संस्कृत भाषा कक्षामा सहभागी भएसँगै अहिले धेरै सहज भएको महसुस गरेका छन् ।

“हिजो धार्मिक तथा पितृ कार्य गराउँदा अप्ठ्यारा भएका विषयलाई आधारभूत संस्कृत भाषा कक्षामा सहभागी भई ज्ञान प्राप्त भएसँगै सहज भएको महसुस गरेको छु” उनले भने, “यस्तो कक्षा पहिल्यै जो कोहीले भए पनि सञ्चालन गर्नुपथ्र्यो, ढिलै भए पनि सञ्चालन भएको छ यो हाम्रा लागि खुसीको कुरा हो ।” जन्मदेखि मृत्युसम्मका कर्मकाण्ड गर्ने तरिका, नैतिक शिक्षा, आध्यात्मिक शिक्षा, हाम्रा जीवन पद्दतिका विषयमा गुरुकुलीय पद्दतिबाट ज्ञान लिइरहेको उनले बताए ।

संस्कृत भाषा कक्षा लिएसँगै संस्कृत भाषा उच्चारण तथा शुद्धिकरणमा पनि सहयोग पुगेको उनले बताए । पछिल्लो समय वैदिक सनातन धर्मप्रति विभिन्न प्रकारबाट प्रहार भइरहँदा संस्कृत भाषालाई लोप हुन नदिइ संरक्षण गर्नका लागि आधारभूत संस्कृत भाषा कक्षा सञ्चालन गरिएको विश्व हिन्दू महासङ्घ नेपालका केन्द्रीय सदस्य एवं मुख्य प्रशिक्षक नेत्रप्रसाद पराजुलीले बताए ।

संस्कृत भाषाको संरक्षण गर्दै नयाँ पुस्तामा भाषा हस्तान्तरण गर्दै संस्कृत साहित्यको संरक्षण, सम्वद्र्धन र जगेर्ना गर्ने उद्देश्यसहित भाषा कक्षा सञ्चालन गरिएको उनले बताए । “वालिङ सञ्चालन भएको संस्कृत भाषा कक्षामा विशेष गरी युवाको सक्रिय सहभागिता रहेको छ” उनले भने, “केही पहिलेदेखि कर्मकाण्ड गराउँदै आउनुभएका व्यक्ति पनि थप ज्ञान लिनका लागि सहभागी हुनुभएको छ ।”

कक्षामा वैद्धिक धर्म, संस्कार, संस्कृति, नैतिक शिक्षा, कर्मकाण्ड, ज्योतिष विद्या, पाठ पारायण तथा सामान्य ब्याकरणबारे अध्यापन गराइन्छ । तीन महिनाको अवधि रहने गरी सोही अनुसारको पाठ्यसामग्री तयार पारिएको छ । “कक्षामा संस्कृत भाषाप्रति युवा पुस्ताको रुचि राम्रो छ, माध्यमिक तहमा अध्ययनरत विद्यार्थी बाबुहरु पनि सहभागी छन्” उनले भने, “भाषा कक्षालाई एउटा अभियानस्वरुप नियमितरुपमा अगाडि बढाउँछौंँ ।” भाषा कक्षामा चार जना प्रशिक्षक छन् । वालिङ–८ केदारनाथ मन्दिरमा साँझमा दैनिक एक घण्टा संस्कृत भाषा कक्षा सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  २ : २३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित