लोकतन्त्रलाई बलियो बनाउन नेताहरु इमान्दार बन्नुपर्छ : उपेन्द्र यादव « Khabarhub

लोकतन्त्रलाई बलियो बनाउन नेताहरु इमान्दार बन्नुपर्छ : उपेन्द्र यादव


३१ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयताको सफल कार्यान्वयन र समावेशी लोकतन्त्रलाई बलियो बनाउन दलहरु इमान्दार बन्नुपर्ने बताएका छन् ।

आइतबार जनकपुरधाममा आयोजित पार्टीे सङ्गठन विस्तार अभियान उद्घाटन तथा अभिमुखीकरण कार्यक्रममा उनले मूल राजनीतिक शक्ति इमान्दार नबन्दा संविधान आएको आठ वर्षमा पनि सङ्घीयता कार्यान्वयनका लागि अत्यावश्वक कानुनसमेत बनाउन नसकिएको बताए ।

“देशमा सङ्घीयता छ । प्रदेशमा पनि सरकार छ तर कार्यसम्पादन एवं सेवा प्रवाहका लागि सरकारको मातहतमा पुलिस, प्रशासन, न्यायालय केही छैन अनि यो सरकार केका लागि बनाइएको हो ?”, यादवले प्रश्न गरे, “आठ वर्ष हुँदा पनि सङ्घीयतालाई बलियो बनाउन ऐन कानुन बनाइएन । यसले सङ्घीयतालाई बलियो होइन, कमजोर बनाउने षड्यन्त्र भइरहेको प्रस्ट छ । त्यसैले म चनाखो रहन यहाँहरु सबैलाई आग्रह गर्दछु ।”

संविधान ल्याउन भूमिका खेलेका मूल राजनीतिक दलहरुले पटकपटक सरकारको नेतृत्व गर्दा पनि सङ्घीयतालाई बलियो बनाउन ठोस पहल नगरेको आरोप लगाउँदै अध्यक्ष यादवले आफ्नो पार्टीले समावेशी लोकतन्त्र, सङ्घीयता र परिवर्तनका मुद्दाहरुको रक्षाका लागि अभियान चलाइरहेको बताए ।

कार्यक्रममा जसपा नेता मृग्रेन्द्र सिंहले पार्टीभित्रका मतभेद बिर्सेर परिवर्तनका मुद्दाहरुलाई बलियो बनाउन र पार्टी हितमा लाग्न आम नेता तथा कार्यकर्तालाई आग्रह गरे । मधेस प्रदेशका मुख्यमन्त्री एवं पार्टी संसदीय दलका नेता सरोजकुमार यादवले आफ्नो पार्टीलाई कमजोर बनाउने षड्यन्त्रलाई नेता, कार्यकता र सङ्गठनको बलमा परास्त गर्नुपर्ने धारणा राखे । उनले पार्टी सङ्गठनलाई बलियो बनाउँदै परिवर्तनका पक्षमा लड्न प्रदेश सरकार तयार रहेको समेत बताए ।

त्यसैगरी निवर्तमान मुख्यमन्त्री एवं नेता लालबाबु राउतले संविधानमा रहेका कमीकमजोरी सच्याउँदै प्राप्त उपलब्धिको रक्षा गर्ने दायित्व जसपाकै काँधमा रहेकाले पार्टी सङ्गठनलाई बलियो बनाउँदै त्यो दायित्व पूरा गर्न लाग्नुपर्ने बताए।

कार्यक्रममा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय नेताहरु, मधेस प्रदेश सरकारका मन्त्रीहरु, सङ्घीय संसद् तथा प्रदेशसभा सदस्यहरु, पार्टीका जिल्ला अध्यक्षहरू, स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुखहरूलगायत नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३१ भदौ २०८०, आइतबार  ९ : १६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित