‘कौवा मेरो सेलपुरी खा’ « Khabarhub

‘कौवा मेरो सेलपुरी खा’


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– आज माघे सङ्क्रान्ति अर्थात् नरहरि पर्व सुदूरपश्चिममा प्रदेशमा हर्षोल्लासका साथ मनाइँदै छ । विशेषगरी कागलाई बोलाएर सेलरोटी दिएर सुदूरपश्चिममा नरहरि पर्व मनाउने प्रचलन रहिआएको छ । शास्त्री जनार्दन अवस्थीका अनुसार माघ १ गतेका दिन बिहानै घरका सबै सदस्यले नुहाएर घरका केटाकेटीले बिहानै कागलाई बोलाउने गरिन्छ । ‘कौवाका मेरो सेलपुरी खा ‘ भन्दै घरको धुरीमा सेलपुरी राखेर कागलाई रोटी खान बोलाउने परम्परा रहिआएको उनले बताए । ‘पुस मसान्तमा पकाएको मीठो परिकार सुरुमा पाकेको कागलाई छुट्याइन्छ’, उनले भने, ‘बिहानै उठेर साँझ राखेको सेलरोटी घरको छतमा राखेर कागलाई खान बोलाइन्छ ।’

उनका अनुसार भगवान रामले कागलाई तिहार दिएको हुनाले यो दिन कागलाई बोलाएर मिठो मसिनो खानेकुरा दिने गरिन्छ । नरहरि पर्वलाई सुदूरपश्चिममा महत्वका साथ हेरिन्छ । ‘यही पर्वमा पाकेको परिकारलाई पुसको पाक्य माघको खाक्य भनेर पनि भन्ने गरिन्छ’, उनले भने, ‘यस दिन छोरीलाई पनि माइतमा बोलाएर मीठो-मसिनो खुवाउने चलन छ ।’

प्रगतिशील लेखक सङ्घ सुदूरपश्चिमका अध्यक्ष रमेश पन्त मीतबन्धुले नरहरि पर्व सुदूरपश्चिमेलीहरूको प्रमुख पर्व भएको बताए । ‘विषेशगरी यो पर्वमा कागलाई बोलाएर रोटी खान दिने चलन हो’, उनले भने, ‘नरहरिकै अवसरमा छोरीलाई माइतमा बोलाइन्छ सबै आफन्त एकापसमा भेला भएर मौलिक खानाका परिकार र कन्दमूलहरू खाने  परम्परा छ ।’ विशेषगरी नरहरिमा तरुल, तिल र सखरका परिकार  खाने गरिन्छ । तिल र सखर खाँदा जाडोमा शरीरलाई ऊर्जा दिने भएकाले कन्दमुल खाने गरिन्छ ।

माघ महिनालाई महात्म्य महिनाका रूपमा मनाउने चलनअनुसार सुदूरपश्चिममा माघ पहिलो दिनलाई नरहरि पर्वका रूपमा मनाउने चलन रहेको पण्डित विष्णुदत्त पन्तले बताए। उनले माघे सङ्क्रान्ति अर्थात् नरहरि पर्वका दिन विभिन्न नदीनाला र धामहरूमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेका बताए ।

सोही दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फबाट प्रवेश गर्ने हुँदा दिन लम्बिँदै जाने र रात छोट्टिँदै जाने जनविश्वास रहिआएको छ । नेपालमा बहुल जाति र समुदायको बाहुल्य रहेकाले विभिन्न जात र समुदायका मानिसले भिन्न तरिकाले यो पर्व मनाउने गरेको उनी बताउँछन् । ‘यो पर्व थारू समुदायले नयाँ वर्ष अर्थात् माघी धनेर मनाउँछन् अन्य समुदायले नरहरि मनाउँछन्’, उनले भने, ‘नरहरिमा सुदूरपश्चिमका धार्मिकस्थलमा घुइँचो लाग्ने गर्छ ।’

आज बिहानैदेखि कञ्चनपुरमा महाकाली नदी किनारका घाटहरू, कैलालीको गोदावरी धाम, डडेल्धुराको परशुराम धाम र कैलालीको हरिहरघाटलगायत यहाँका विभिन्न धार्मिकस्थलमा गएर स्नानका साथै पूजाआजा गर्नेको भीड लागेको छ ।

 

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ८ : ४९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित