३५ प्रतिशत तलब वृद्धिको माग गर्दै डाक्टरहरू आन्दोलनमा « Khabarhub

३५ प्रतिशत तलब वृद्धिको माग गर्दै डाक्टरहरू आन्दोलनमा


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायती सरकारले डाक्टरहरूको पाँच दिन वाकआउटसहित छुट्टै हडताल अन्त्य गर्ने प्रयासमा लाखौं सरकारी कर्मचारीहरूको तलब बढाउने प्रस्तावमा सहमति जनाएको छ । प्रधानमन्त्री ऋषि सुनकले प्रहरी कर्मचारीको तलब ७ प्रतिशत, शिक्षकको ६ दशमलव ५ प्रतिशत र कनिष्ठ चिकित्सकको ६ प्रतिशत तलबभत्ता बढाउने प्रस्ताव गरेको तलब संशोधन निकायबाट आएको सुझावलाई सरकारले स्वीकार गरेको बिहीबार पुष्टि गरेको हो ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले यो प्रस्ताव अन्तिम भएको र तलबको विषयमा थप कुराकानी नहुने बताएका छन् । बेलायतको राज्य वित्त पोषित राष्ट्रिय स्वास्थ्य सेवाले अहिलेसम्मको सबैभन्दा लामो हडतालको सामना गरिरहेको छ किनभने इङ्गल्याण्डका हजारौं डाक्टरहरूले तलबको मुद्दालाई लिएर हिजो देखि पाँच दिनको वाकआउट सुरु गरेका छन्।

पोस्ट मेडिकल वर्षमा करियरको प्रारम्भिक चरणमा रहेका तथाकथित जुनियर डाक्टरहरूले बिहान ७ बजेदेखि हडताल सुरु गरेका हुन् । यी मध्ये धेरैले ३५ प्रतिशत तलब वृद्धिको लागि आफ्नो अडान लिन इङ्गल्याण्डका अस्पतालहरू बाहिर लाइन लगाएका छन । 

डाक्टर्स युनियन ब्रिटिश मेडिकल एसोसिएसन (बीएमए) ले मुद्रा स्फीतिलाई ध्यानमा राख्दै जुनियर डाक्टरहरूको तलब २००८ को स्तरमा फर्काउन ३५ प्रतिशत तलब वृद्धि गर्न आह्वान गरेको हो।

यसैबीच, कोरोना भाइरसको महामारीका कारण उपचारका लागि पर्खिरहेका बिरामीको सङ्ख्याले कीर्तिमान कायम गरेसँगै बेलायतमा ७५ हजारभन्दा बढी कनिष्ठ चिकित्सकको कामको बोझ बढेको छ । डा रोबर्ट लरेन्सन र डा विवेक त्रिवेदीले आज एनएचएसको इतिहासमा डाक्टरहरूको सबैभन्दा लामो वाकआउटको सुरुवात भएको बताए।

स्वास्थ्य मन्त्री स्टीव बार्कलेले जुनियर डाक्टरहरूले पाँच दिनको वार्क आउटले हजारौं बिरामीहरूलाई असर गर्ने, बिरामीको सुरक्षालाई खतरामा पार्ने र एनएचएसको प्रतीक्षा सूचीहरू घटाउने प्रयासहरूलाई बाधा पुऱ्याउने बताए। 

उनले ३५ प्रतिशत वा सोभन्दा बढीको तलब वृद्धिको माग अव्यावहारिक भएको र यसले मुद्रास्फीति बढाउने जोखिम रहेको र सबैलाई गरिब बनाउने बताएका छन्  ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ९ : ३६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित