बिरुवालाई बजारीकरणको समस्या « Khabarhub

बिरुवालाई बजारीकरणको समस्या


२८ जेष्ठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रेसुङ्गा – गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ। रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उनी बिरुवा उत्पादनमा सक्रिय छन्।

उनले भने, “बाहिरी जिल्लाबाट बिरुवा भित्रिन्छन्। तर जिल्लाभित्रका बिरुवा बिक्री नहुँदा नर्सरीमा बिरुवा खेर गइरहेका छन्। ” उनले सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो र धुपीलगायत दर्जनौँ बिरुवा उत्पादन गर्दै आएका छन्। विभिन्न कार्यालयले किसानलाई विभिन्न प्रकारका बिरुवा वितरण गर्दै आए पनि ती बिरुवा जिल्ला बाहिरबाट भित्रिएका छन्। सदरमुकाममै नर्सरी रहे पनि उनी बिरुवा बिक्री नभएपछि पिरलोमा छन्।

कार्कीको नर्सरीमा हाल सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो, धुपी, मौसम, गुलाफ, मनकामना, श्रीखण्ड, रुद्राक्ष, स्ट्रबेरी, सुगर फ्री, अङ्गुर र तरकारीजन्य सबै बिरुवा पाइन्छन्। बिरुवाबाट वार्षिक रु सातदेखि १७ लाखसम्म आम्दानी गर्ने कार्की यस वर्ष बिरुवा बिक्री नहुने चिन्तामा छन्।

छपन्न वर्षीय कार्कीले बजारीकरणको ‘ग्यारेन्टी’ भएमा उत्पादन बढाउने बताए। तर बिरुवा बिक्री नभएपछि लगानी घटाउँदै गएको उनको गुनासो छ। “किसानलाई बिरुवा वितरण गर्ने कार्यक्रम गुल्मीमा बर्सेनि चल्छन्”, उनले भने, “माटो सुहाउँदो बिरुवा भए पनि हाम्रो बिक्री हुन्न, बाहिरी जिल्लाबाट खरिद हुन्छ”, सामुद्रिक सतहबाट एक हजार पाँच सयको उचाइमा उत्पादित बिरुवा होचो वा अग्लो दुवै स्थानका लागि उपयुक्त हुने भए पनि बिरुवा बिक्रीमा समस्या देखिएको हो।

कार्कीसँग अहिले कागती रु ४० हजार, सुन्तला ३० हजार, टिमुर १५ हजार, अनार सात हजार, कुरिलो पाँच हजार, धुपी तीन हजार र अन्य बिरुवा एक हजारभन्दा माथिका रहेका छन्। उनले सुन्तला २३, कागती २५, टिमुर ६०, किबी एक सय ५० र अम्बा प्रतिबिरुवा रु ५० मा विक्री गर्छन्।

उनले विसं २०६४ मा रु २० हजारबाट सुरु गरेको नर्सरी अहिले रु ४६ लाखको पुगेको छ। विगत १६ वर्षदेखि प्रत्येक वर्ष लगानी बढाउँदै गएका व्यवसायी कार्की बिरुवा बिक्री नहुन थालेपछि लगानी घटाउने सोचमा छन्। उनले हाल सात रोपनी जग्गामा बिरुवा उत्पादन गरिरहेका छन्। यसमा दुई रोपनी निजी र पाँच रोपनी जग्गा भाडामा छन्। भाडामा लिएको जग्गाको वार्षिक रु १५ हजार भाडा उनले तिर्दै आएका छन्। कार्कीलाई श्रीमती रेनुले नर्सरीमा सघाउँदै आएकी छन्। नर्सरीबाट औसतमा दैनिक पाँच जनाले रोजगारी पाएका जनाइएको छ।

उनले दुई वर्ष अगाडि एउटा टनेल घर निर्माण गर्न रेसुङ्गा नगरपालिकाबाट रु एक लाख अनुदान लिएको नर्सरी सञ्चालक कार्कीले सुनाए। “अनुदान नपाएको भन्ने मेरो गुनासो नै छैन”, उनले थपे, “उत्पादित बिरुवाको बजार ग्यारेन्टी भए पुग्छ।” उनी मालिका गाउँपालिका–५ छापहिलेका स्थायी बासिन्दा हुन्। राजनीति र कृषि पेसामा सक्रिय उनी विगत १६ वर्षदेखि जिल्ला सदरमुकाम तम्घासमा बस्दै आएका छन्। उनी नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला इञ्चार्जको जिम्मेवारीमा पनि छन्।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ११ : ०४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित