सशस्त्र प्रहरी महानिरीक्षक अर्याल स्वदेश फिर्ता « Khabarhub

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल स्वदेश फिर्ता


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल स्वदेश फर्किएका छन् । अर्याल सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र मित्र रास्ट्र भारतको सशस्त्र सीमा बल (एसएसबी)बीच भएको सातौं नेपाल भारत समन्वयात्मक बैठकमा सहभागी भई बिहीबार स्वदेश फर्किएका हुन् । 

सो बैठक कार्तिक २० देखि २२ गतेसम्म भारतको नयाँ दिल्लीमा सञ्चालन भएको थियो । सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेतृत्व गरेको सो बैठकमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलको समेत सहभागिता रहेको थियो भने भारतको सशस्त्र सीमा बलको तर्फबाट महानिर्देशक रश्मी शुक्लाले नेतृत्व गरेकी थिइन् । 

सो बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका बरिष्ठ अधिकृत समेतको सहभागिता रहेको थियो । बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने, सीमावर्ती अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउन दुई सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदानप्रदान गर्ने सहमति भएको छ । 

यसका साथै दुबै सुरक्षा निकाय बिच निरन्तर सहकार्य, समन्वय र आपसी हितका विषयमा समेत छलफल भएको थियो । यसअघि छैटौँ नेपाल भारत समन्वयात्मक बैठक सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ४ : ०८ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला