राष्ट्रिय अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाका राजदूतको बिदाइ भेट « Khabarhub

राष्ट्रिय अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाका राजदूतको बिदाइ भेट


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरिया (दक्षिण कोरिया) का राजदूत पार्क चोंग सुकले बिदाई शिष्टाचार भेट गरेका छन्। नेपालमा आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत सुकले सिंहदरबारस्थित कार्यकक्षमा बुधबार बिदाई शिष्टाचार भेट गरेका हुन् । 

भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरियाले नेपालमा आफ्ना विद्युतीय उपकरण उत्पादन गर्ने उद्योग सञ्चालन गरेकोमा धन्यवाद दिँदै सवारीसाधन उत्पादन गर्ने र अन्य उद्योग स्थापना गरेर नेपालमा रोजगारीको अवसर सृजना आग्रह गरे । उनले धेरै नेपाली युवायुवतीलाई इपिएसमार्फत रोजगारीको अवसर दिएकोमा धन्यबाद पनि दिए । 

सो अवसरमा हाल सम्म नेपालमा कोरियन एलायन्सले मात्रै उडान भर्दै आएकोमा नेपाल एलायन्सले पनि उडान गर्न सकेको अवस्थामा प्रतिष्पर्धा हुँदा नेपाली कामदारले सस्तो मूल्यमा उडान गर्दा राहत मिल्ने भएकाले त्यसका लागि पनि पहल गर्न पनि आग्रह गरे ।

अध्यक्ष तिमिल्सिनाले दुबै देशका अन्तरसंसदीय तथा उच्चस्तरीय भ्रमणको आदनप्रादन हुने अपेक्षा पनि गरे। सो अवसरमा दक्षिण कोरियाका राजदुतलाई सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नु भएकोमा हार्दिक बधाई दिँदै गणतन्त्र कोरियाको राजदूतको रुपमा नेपाल-कोरिया सम्बन्धलाई थप मजबुत, प्रगाढ र व्यापक बनाउन निर्वाह गरेको सक्रिय भूमिकाको लागि धन्यबाद पनि दिए ।

शिष्टाचार भेटका अवसरमा  दक्षिण कोरियाका राजदूत पार्क चोंग सुकले नेपालमा लगानीमैत्री वातावरण बन्न सकेको अवस्थामा कोरियाका धेरै उद्योगहरू नेपालमा आउन सक्ने कुरामा पनि जोड दिए । उनले दुवै देशका बीचमा भविष्यमा उच्चस्तरीय भ्रमण हुने विश्वास व्यक्त गरे । उनले नेपाल र दक्षिण कोरियाका बीचमा सम्बन्ध प्रगाढ बनाउन राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले गरेको पहलका लागि प्रमुख आधार बन्न पुगेको भन्दै अध्यक्षको प्रशंसा गरेका थिए । 

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १ : २२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित