हरेक शनिबार पशुपतिनाथ क्षेत्रमा सरसफाइ गरिने  « Khabarhub

हरेक शनिबार पशुपतिनाथ क्षेत्रमा सरसफाइ गरिने 


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रदेव भगवान् पशुपतिनाथ मन्दिर क्षेत्रमा भोलिदेखि हरेक शनिबार सरसफाइ गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र  मन्त्रालय मातहतका २१  निकायका कर्मचारीले हरेक शनिबार दुई घण्टा पशुतिनाथ क्षेत्रमा सरसफाइ गर्ने तयारी गरेको छ । उक्त सरसफाइ अभियान तीन महिनासम्म सञ्चालन हुने जनाइएको छ ।

पशुपति क्षेत्र विकास कोषले मात्रै नियमित सफाइ गर्न नसकेपछि मन्त्रालयको निर्देशनमा हरेक शनिबार दुई घण्टा कर्मचारीले सरसफाइ गर्ने तयारी गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जानकारी दिए। उनका अनुसार मन्त्रालय र मातहतका २१ वटा निकायका पदाधिकारी र कर्मचारीबाट हरेक शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म बृहत् सरसफाइ कार्यक्रम गर्ने निर्णय भएको छ ।

कर्मचारीसहितको उक्त सामूहिक सरसफाइमा पशुपति क्षेत्र विकास कोषले सरसफाइमा प्रयोग हुने सरसामग्री उपलब्ध गराउनुपर्ने मन्त्रालयले निर्देशन दिएको पशुपति क्षेत्र विकास कोषका परिषद् सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिए । मन्त्रालयले सचिवस्तरीय निर्णयबाट सबै निकायलाई सरसफाइमा सहभागिताका लागि निर्देशनसमेत दिएको बताइएको छ ।

उक्त सरसफाइ अभियानमा हरेक शनिबार बिहान पशुपति सरसफाइमा पर्यटन विभाग, पुरातत्व विभाग, राष्ट्रिय अभिलेखालय, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय, भाषा आयोग, प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान, नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र सांस्कृतिक संस्थानका पदाधिकारी र कर्मचारी सहभागी हुने बताइएको छ ।

यसैगरी पर्यटन बोर्ड, हनुमानढोका दरबार सङ्ग्राहलय हेरचाह विकास समिति, पाटन दरबार सङ्ग्रहालय हेरचाह विकास समिति, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति, तारागाउँ विकास समिति, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति र बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारी र कर्मचारीसमेत सहभागी हुने भएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १ : २७ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला