सामुदायिक वनलाई जडीबुटीसँग जोड्दै « Khabarhub

सामुदायिक वनलाई जडीबुटीसँग जोड्दै


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका-३ मा पर्ने मोहना नदीसँगै जोडिएको छ डिलासैनी सामुदायिक वन । यो सामुदायिक वनलाई स्थानीयले आवश्यकता पूर्ति गर्ने माध्यम बनाउँदै आएका छन् । धनगढीसँगै जोडिएको यो सामुदायिक वन स्थानीयको सक्रियतामा पछिल्लो तीन वर्षमा धेरै सुधार भएको छ । वनबाट यतिबेला स्थानीयले घाँस दाउरासँगै जडीबुटी पनि सहजरूपमा प्राप्त गर्दै आएका छन् । सामुदायिक वन स्थानीय बासिन्दाका लागि औषधिको स्रोत बन्दै गएको स्थानीयवासीको भनाइ छ । 

‘कुनै बेला वनको संरक्षण हुन नसक्दा जंगलभित्र भूइँमा हरियोपात देखिन्थ्यो’, स्थानीय रमित महराले भने, ‘अहिले वनबाटै दालचिनी, अमला, बेल, हर्रोबर्रो जस्ता जडीबुटी प्रयोग गर्न पाएका छौँ ।’ 

डिलासैनी सामुदायिक वनका अध्यक्ष दानबहादुर विष्टले भने, ‘हाम्रो सामुदायिक वनमा विभिन्न प्रकारका जडीबुटी वृक्षरोपण गरेका छौँ । ती जडीबुटी स्थानीयले घरेलु स्वास्थ्य उपचारका लागि प्रयोग गर्छन् ।’ औषधिसम्बन्धी विज्ञता नभए पनि घरेलु ज्ञानको आधारमा वनका जडीबुटीको उपयोग भइरहेको उनको भनाइ छ । विज्ञता हुने हो भने यसबाट आर्थिक फाइदा पनि लिन सकिने उनको विश्वास छ । वनमा रहेका जडीबुटी पहिचान गरी आम्दानीको स्रोत बनाउन सकियो भने स्थानीयका घर-घरमा समृद्धि आउने उनको भनाइ छ । 

‘जंगल क्षेत्र घना बन्दै गएको छ भने चुनौती पनि थपिएका छन्’, अध्यक्ष विष्टले भने,’जगली जनावर बस्तीमा आएर नोक्सानी गर्ने डर पनि छ । त्यसका बाबजुद पनि स्थानीयको साथ सहयोगले गर्दा गौचरणमा परिणत भएको जंगल घना बनाएका छौँ ।’

नेपालमा सामुदायिक वनको अवधारणा आएदेखि धेरै सुधार भएको हो । सरकारले वन विनाश तीव्र गतिमा हुन थालेपछि सरकारले सामुदायिक वन नीति लागू गरेको थियो । विसं २०३५र३६ देखि नै सामुदायिक वनको अवधारणामा पाइलट प्रोजेक्टको काम भए पनि २०४६ पछि ऐन बनाएर काम सुरु भएको थियो । त्यसपछि भारी मात्रामा वनको व्यवस्थापन समुदायलाई हस्तान्तरण गर्न थालिएको थियो ।

 रैथाने सीपको उपयोग, महिला, जनजातिको संलग्नता सामुदायिक वनका सबल पक्ष भएको अध्यक्ष विष्टले बताए। चार दशकमा सामुदायिक वनले लोभलाग्दो फड्को मारेको उनको भनाइ छ । सामुदायिक वन उपभोक्ता समूह आफैँले विधान बनाएर सञ्चालित छ । त्यसलाई जिल्ला वन कार्यालयले नियमन गर्दै आएको छ । 

डिलासैनी सामुदायिक वनबाट राजपुर, श्रीलङ्का बोराडाँडीकावासीलाई ठूलो राहत भएको छ । गाउँ नजिकैको वनमा सयौंँ किसिमका जडीबुटी पाइन्छन् । एक सय चार हेक्टर क्षेत्रफलमा फैलिएको डिलासैनी सामुदायिक वनलाई दुईतिर नदीले घेरेको छ । वनको दक्षिण, पश्चिममा नदी छ । त्यो नदीले बर्सेनि कटान गर्दै गएपछि स्थानीयले जैविक तटबन्धन गरेका छन् ।

‘नदीले क्षेत्रफल बढाउँदै गएपछि छेउमा बाँस, कासलगायतका बिरुवा लगाउँदा अहिले धेरै हदसम्म कटान रोकिएको छ’, स्थानीय महेश विष्टले भने, ‘यसले गर्दा धेरै ठाउँमा बस्तीसमेत जोगिएका छन् ।’ 

जयमती विष्ट एकल महिला हुन्। उनको आर्थिक उपार्जनको लागि भैँसीपालन गरेकी छिन् । नजिकै सामुदायिक वन हुँदा उहाँलाई धेरै सहज भएको छ । ‘तीन वर्ष अगाडि यहाँ घाँस नपाउने ठाँउमा अहिले सबैको सक्रियताले गर्दा नै पर्याप्त मात्रामा घाँस पाएका छौँ’, उनले भनिन्। नजिक वन हुँदा दैनिक मासिक तीनदेखि हचार हजारसम्म आम्दानी भएको छ । घाँस मात्र होइन दाउरा, स्याउलामा पनि धेरै सहज भएको उनले बताइन्। 

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ५ : ३३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित