दुग्ध उत्पादक कृषकलाई अनुदान « Khabarhub

दुग्ध उत्पादक कृषकलाई अनुदान


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराएपछि कृषक उत्साहित भएका छन् ।

गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्धेश्यसहित पालिकाले उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएपछि कृषक खुशी भएका हुन् ।

म्याग्दे गाउँपालिका–३ निवासी नवराज घिमिरेले चालु आर्थिक वर्षमा नौ हजार तीन सय ९४ लिटर दूध उत्पादन गरे । गाउँपालिकाले उनलाई प्रतिलिटर नौ रुपैयाँ २० पैसाका दरले ८६ हजार चार सय २४ अनुदान दियो ।

उनले भने, ‘गाउँपालिकाको यो कामले कृषकको हौसला बढाएको छ । जति धेरै उत्पादन गर्न सक्यो त्यति हामीलाई फाइदा छ ।’ उनले यो कार्यलाई निरन्तरता दिन गाउँपालिकालाई आग्रह गरे ।

गाउँपालिकाको पशु सेवा शाखाको दूधमा अनुदान कार्यक्रमअन्तर्गत उत्पादनका आधारमा पालिकाले चालु आर्थिक वर्षमा कृषकलाई १४ लाख ९८ हजार पाँच सय ८२ अनुदान रकम उपलब्ध गराएको छ ।

गाउँपालिकाले प्रतिलिटर नौ रुपैयाँ २० पैसाका दरले उत्पादनका आधारमा अनुदान दिने नीतिबमोजिम तीनवटा सहकारीमा आबद्ध कृषकलाई उत्पादनका आधारमा अनुदान रकम वितरण गरिएको छ ।

म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बिक्री गर्ने कृषकलाई ११ लाख २१ हजार एक सय ८५, गौसेवा दुग्ध उत्पादक सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई दुई लाख १२ हजार दुई सय ३२ र साँगे चारहजार दुग्ध उत्पादक सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई एक लाख ६५ हजार एक सय ६३ रकम वितरण गरिएको पशु सेवा शाखा प्रमुख डा. विनय शाहले जानकारी दिए ।

म्याग्दे दुग्ध उत्पादक सहकारीले चालु आर्थिक वर्षमा एक लाख २१ लाख आठ सय ६८ लिटर, गौसेवा दुग्ध उत्पादक सहकारीले २३ हजार ६८ र साँगे चारहजार दुग्ध उत्पादक सहकारीले १७ हजार नौ सय ५२ लिटर दूध उत्पादन गरी बिक्री गरेको हो ।

चालु आर्थिक वर्षमा गाउँपालिकाबाट एक लाख ६२ हजार आठ सय ८९ लिटर दूध उत्पादन भएको छ । दूधमा अनुदान कार्यक्रममार्फत म्याग्दे सहकारीका ५५, गौसेवा सहकारीका १० र साँगे चारहजार सहकारीका २२ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

गाउँपालिकाभित्रका कृषकले उत्पादन गरेको दूध छिमेकी पालिकाका सहकारीमार्फत बिक्री वितरण गर्दा पनि गाउँपालिकाले अनुदान उपलब्ध गराउँदै आएको शाहले बताए ।

कृषि र पशुपालन क्षेत्रलाई अझै व्यवस्थित गर्दै लैजाने बताउँदै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृषि तथा पशुपालन व्यवसाय गर्ने कृषकलाई प्रोत्साहन गरिने उल्लेख गरे । उनले भने, ‘गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएका हौँ । यसले गर्दा दुग्ध उत्पादक कृषक पेसाप्रति आकर्षित र उत्साहित भएको पाएका छौँ ।’

उपाध्यक्ष बालकृष्ण घिमिरेले दूधको विभिन्न परिकार उत्पादन गरी बजारीकरण गर्न सकिने बताउँदै दूधको खुवा बनाएर विद्यार्थीलाई दिवा खाजास्वरुप प्रदान गर्नेतर्फ ध्यान दिन आग्रह गरे ।

दूग्ध उत्पादक कृषकलाई प्रोत्साहनका लागि गाउँपालिकाले आगामी आव २०८०–८१ मा पनि उत्पादनमा आधारमा अनुदानको नीतिलाई निरन्तरता दिएको पशु सेवा शाखा प्रमुख डा. शाहको भनाइ छ । उनका अनुसार थुनेलो परीक्षण तथा उपचार शिविर, घाँसको नर्सरी स्थापना कार्यक्रम सञ्चालन गरिनेछ ।

म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थाका कार्यवाहक अध्यक्ष नवराज घिमिरेले पालिकाको पशु सेवा शाखामार्फत उपलब्ध अनुदान कार्यक्रम, सुत्केरी पोषण खर्च, पशु बीमा, अन्तर जिल्ला ढुवानीलगायतले दुग्ध उत्पादक कृषकलाई सहयोग पुगेको बताए ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ७ : ३२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित