बेलायतको वेल्सका लागि पर्यटन सद्भावनादूतमा सापकोटा नियुक्त « Khabarhub

बेलायतको वेल्सका लागि पर्यटन सद्भावनादूतमा सापकोटा नियुक्त


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रवासमा रहेर लामो समयदेखि नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएका गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) का पर्यटन संयोजक सोम सापकोटा बेलायतको वेल्सका लागि पर्यटन सद्भावनादूत नियुक्त भएका छन् ।

नेपालको पर्यटन क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै सरकारले सापकोटालाई चार वर्षका लागि पर्यटन सद्भावनादूतमा नियुक्त गरेको हो । सापकोटालाई मन्त्रिस्तरीय निर्णयअनुसार सद्भावनादूत नियुक्त गर्ने निर्णय गरिएको हो । सापकोटालाई शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नियुक्तिपत्र हस्तान्तरण गरे । 

सो अवसरमा सचिव अधिकारीले लामो समयदेखि पर्यटन क्षेत्रमा आबद्ध  सापकोटालाई सरकारले दिएको जिम्मेवारीबाट यो क्षेत्र  झनै बिस्तार र बलियो हुने विश्वास व्यक्त गरे । नवनियुक्त सद्भावनादूत सापकोटाले राज्यले आफूमाथि विश्वास गरेर दिएको जिम्मेवारीलाई मुलुकको हित र प्रवासी नेपालीको साथ लिएर सफलतापूर्वक निर्वाह गर्ने बताए। 

उनले भने, ‘कार्यादेशसहित जिम्मेवारी लिएको छु, अन्य मुलुकका सद्भावनादूतसंग पनि समन्वय र सहकार्य गर्दै पर्यटन मन्त्रालय, पर्यटन बोर्डसँगको साझेदारितामा सरकार-सरकारबीच प्रवर्द्धनात्मक अभियान चलाउने योजना बनाएको छु ।’ उनले पर्यटन प्रवर्द्धनका साथै नेपालको आवश्यक सहयोगका लागि रणनीतिक योजनासहित काम गर्ने योजना रहेको बताए । सन् २००७ देखि सन् २००९ सम्म एनआरएनएको पर्यटन प्रवर्द्धन कमिटीको सदस्य भएर काम गरेका सापकोटाले सन २०१३ देखि सन् २०१५ सम्म सोही कमिटीको उपसंयोजक बनेका थिए ।

त्यस्तै उनले सन् २०१६ देखि सन् २०१८ सम्म डेनमार्कका लागि नेपाली टुरिजम बोर्डको मानार्थ जनप्रतिनिधि भएर काम गरे । यसैगरी सापकोटा सन् २०१९ देखि २०२१ सम्म माल्टाका लागि नेपाल टुरिजम बोर्डबाट मानार्थ जनप्रतिनिधिका रूपमा नियुक्त भए । 

पर्यटन क्षेत्रमा विशेष दखल राख्ने सापकोटा हाल एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रवक्ता एवं पर्यटन प्रवर्द्धन समितिका संयोजक हुन्।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  १ : ५६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित