सरकारको न्यूनतम साझा कार्यक्रम आज शीर्ष नेतालाई बुझाइने « Khabarhub

सरकारको न्यूनतम साझा कार्यक्रम आज शीर्ष नेतालाई बुझाइने


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्ता साझेदार दलले गठन गरेको कार्यदलले तयार गरेको सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज शीर्ष नेतालाई बुझाइने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज सत्ता साझेदार दलका शीर्ष नेतालाई बुझाउने भएको हो ।

१४ गते गठित कार्यदललाई पाँच दिनको कार्यादेश दिइए पनि ९ दिन लगाएर तय गरेको थियो। आज दशौँ दिनमा नेतालाई बुझाएर औपचारिकरुपमा सार्वजनिक गर्ने तयारी छ।

उक्त मस्यौदामा सरकारी सेवा उपलब्ध गराउन टाइम कार्डको व्यवस्था गर्नेदेखि सरकारी सेवाहरू अनलाइन प्रणालीमार्फत उपलब्ध गराउनेसम्मका योजनाहरु समावेश गरिएको छ ।

‘सरल र सहज सार्वजनिक सेवाको प्रबन्ध गर्न सेवाग्राहीलाई अहिले भोग्नुपरेको लाइनको सास्तीबाट मुक्त गराउने, सरकारी सेवाहरू अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने, सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागू गर्ने,’ मस्यौदामा उल्लेख गरिएको छ ।

यो सरकारका लक्ष्यहरू किटान गर्ने र अघिल्लो सरकारले असन्तुलित बनाएको विदेश नीतिलाई सन्तुलित बनाउँदै छिमेकी तथा विकास साझेदारहरूको विश्वास आर्जन गर्न केन्द्रित हुने जनाइएको छ ।

त्यस्तै सार्वजनिक सेवा सञ्चालनलाई मितव्ययी बनाउनका लागि नयाँ सवारी साधान खरिदमा कटौती गर्ने योजना रहेको मस्यौदामा जनाइएको छ ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ७ : ०४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित