षडानन्द १२-तुर्के पुल-साम्पाङ-फाली दोबाटो निर्मार्णको काम तीव्र « Khabarhub

षडानन्द १२-तुर्के पुल-साम्पाङ-फाली दोबाटो निर्मार्णको काम तीव्र


२३ जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको षडानन्द १२–तुर्के पुल– साम्पाङ–फाली दोबाटो २० किलोमिटर सडक निर्माण ५० प्रतिशत सम्पन्न भएको छ । कालोपत्र गर्ने लक्ष्यका साथ कोशी प्रदेश सरकारको भ्याटसहित ५१ करोड ६२ लाख लागतमा सडक निर्माण थालिएको हो । 

पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत यो सडक कालोपत्र गर्ने उद्देश्यले २०७७ सालबाट निर्माण थालिएको हो । सडकको ‘स्ट्रकचर’ निर्माण ८० प्रतिशत सम्पन्न भएको छ भने सब बेस र बेसलगायतको काम भइरहेको छ । हालसम्म सडक निर्माणको भौतिक प्रगति ५० प्रतिशत रहेको कार्यालयले जनाएको छ । 

निर्माण भइरहेको सडकको पूर्वाधार विकास कार्यालयले स्थलगत अनुगमन गरेको छ । सडकलाई गुणस्तरीय तवरबाट समयमा सम्पन्न गराउने गरी काम भइरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख राजेश्वर महतोले जानकारी दिए। ‘यो सडक निर्माणलाई तीव्र गतिमा अघि बढाएका छौँ’, प्रमुख महतोले भने, ‘आगामी आर्थिक वर्षबाट कालोपत्र सुरु गर्ने लक्ष्य छ । गुणस्तरीय सडक निर्माणमा हामीले ध्यान दिएका छौँ ।’

दुई वर्ष सम्झौता अवधि भए पनि कोभिद तथा बर्सातका कारण सोचेअनुरूप प्रगति नभएपछि एक वर्ष म्याद गरिएको उनको भनाइ छ । सडकको निर्माण अवधि आगामी २०८१ वैशाख महिनासम्म रहेको प्रमुख महतोले जानकारी दिए । 

निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनी लामा, बानियाँ जेभीले जनाएको छ । सामान ढुवानीका लागि अरुण नदीमा पुल नहुँदा पनि समस्या रहेको कम्पनीका प्रतिनिधि उद्धव न्यौपानेले बताए ।

‘विभिन्न समस्यालाई झेल्दै पनि कामलाई तीव्र गतिमा अघि बढाएका छौँ’, उनले भने, ‘अहिले हामीले बेसको काम गरिरहेको छौँ । बर्सातले असर गरेन भने यो आर्थिक वर्षमा नै कालोपत्र सुरु गर्ने योजना छ र अरुण नदी पुल नहुँदा बाहिरबाट सामान ल्याउन ढिला हुने गरेको अवस्था छ ।’ निर्माणका लागि आवश्यक पर्ने सामग्रीका लागि क्रसर प्लान्ट जडान भइसकेको कम्पनीले जनाएको छ । 

आस्फाल्ड प्रविधिमा कालोपत्र हुने सडकको गुणस्तरमा विशेष ध्यान दिएको कार्यालयले जनाएको छ । कम्पनीले इञ्जिनियरको  प्रत्यक्ष निगरानीमा निर्माणको काम गरिरहेको कार्यालयको भनाइ छ । सामग्रीको ल्याब परीक्षणपछि मात्र प्रयोगका लागि अनुमति दिने गरेको कार्यालयका इञ्जिनियर मानबहादुर मगरले बताए ।

‘सडक तोकिएको मापदण्डअनुसार निर्माण भइरहेको छ’, उनले भने, ‘प्रयोग हुने सामग्रीको ल्याब परीक्षणपछि मात्र प्रयोगका लागि अनुमति दिएका छौँ ।’ सडक आस्फाल्ड प्रविधिबाट साढे पाँच मिटर चौडाइ कालोपत्र हुने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  २ : ४२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित