दश मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा « Khabarhub

दश मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा


२३ चैत्र २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको खजुरामा सौर्य उर्जाबाट १० मेगावाट विद्युत् उत्पादन भएको छ । उक्त विद्युत् राष्ट्रिय प्रसारण लाइनमा आजदेखि परीक्षणका लागि जोडिएको रेनरगो डेभलपर्स प्रालिका नेपाल प्रमुख शुभम गुप्ताले जानकारी दिए।    

प्रालिका खजुरा गाउँपालिका–८ रनियापुरस्थित घियागाउँमा सोलार विद्युत् परियोजनाबाट उत्पादन गरेको विद्युत् थप १० मेगावाट उत्पादन अन्तिम चरणमा रहेको उनले बताए। ‘हामीले विद्युत् कोहलपुर सबस्टेशनमा जोडेका छौँ, दुई दिनपछि मात्रै वितरण हुन्छ’, गुप्ताले भने । तेत्तीस केभी विद्युत् कोहलपुर सबस्टेशनमा जोडिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कोहलपुरले जनाएको छ । सोलार विद्युत् परियोजनाको निर्माण गत वर्षदेखि सुरु भएको थियो । 

उक्त ३३ केभी प्रसारण लाइन बैजनाथ–६, कोहलपुर–३, कोहलपुर–४, बेलनपुरवा, कोहलपुर–६ रझेना, कोहलपुर–८, गोल्छा, कोहलपुर–१० मन्नापुर नहर हुँदै निर्माण भई चटार हुँदै कोहलपुर सबस्टेसनसम्म परीक्षण गरिने ट्रान्समिटर सुपरभाइजर लीलाधर चापागाईँले बताए।

रनियापुरस्थित घियागाउँमा सोलार विद्युत् परियोजनाबाट उत्पादन भएको विद्युत् परीक्षण भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कोहलपुरका प्रमुख सुरज रेग्मीले बताए ।

गर्मी समय सुरु भएसँगै हुने विद्युत् समस्या केही समाधान हुने उनको भनाइ छ । ‘अब गर्मी बढ्यो, यतिबेला अलि बढी विद्युत् चाहिन्छ’, उनले भने। सो सोलारबाट विद्युत् उत्पादन हुन एक अर्ब खर्च भएको छ ।

थप १० मेगावाटका लागि पनि एक अर्ब खर्च हुने कम्पनीले जनाएको छ । गोल्यान समूह र रेनरगो डेभलपर्स प्रालिको मुख्य लगानी रहेको पियोर इनर्जी लिमिटेडले उक्त उत्पादन गरेको हो । 

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ६ : ४५ बजे

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं– स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको