‘सी चिनफिङको भ्रमणपछि नेपाल-चीन सम्बन्ध गतिशील’  « Khabarhub

‘सी चिनफिङको भ्रमणपछि नेपाल-चीन सम्बन्ध गतिशील’ 


२३ चैत्र २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- सी चिनफिङको भ्रमणपछि नेपाल-चीन सम्बन्ध गतिशील भएको चिनियाँ परराष्ट्रमन्त्री छिन् काङले बताएका छन् । बिहीबार बेइजिङमा परराष्ट्रमन्त्री काङ र नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठकमा सहभागी हुन आएको नेपाली टोलीबीच भएको भेटवार्तामा उनले यस्तो बताएका हुन् । 

आज भएको भेटवार्तामा उनीहरूबीच दुई देशबीच लामो समयदेखि चल्दै आएको द्विपक्षीय सम्बन्ध र सहयोगलाई अझ सुदृढ बनाउने, भ्रमण आदान–प्रदान, विकास सहयोग, व्यापार, लगानी र पर्यटनलगायतका विषयमा छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

उक्त अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, मन्त्रालयका सहसचिव लोकबहादुर थापा, दुवै देशका परराष्ट्र मन्त्रालय र दूतावासका उच्च अधिकारीहरूको उपस्थिति थियो । परराष्ट्र सचिव पौडेल परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बेइजिङ पुगेका हुन् ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ५ : ३६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित