श्रीलंकाको केन्द्रीय बैंकले अक्टोबरमा घटायो नीतिगत ब्याजदर « Khabarhub

श्रीलंकाको केन्द्रीय बैंकले अक्टोबरमा घटायो नीतिगत ब्याजदर


१८ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलंकाको केन्द्रीय बैंकको मौद्रिक बोर्डले स्थायी सुविधाअन्तर्गतको  निक्षेप र कर्जाको ब्याजदर घटाउने निर्णय गरेको छ । केन्द्रीय बैंकले बिहीबार एक विज्ञप्ति जारी गर्दै स्थायी निक्षेप सुविधाको ब्याजदर र स्थायी कर्जा सुविधाको ब्याजदर एक सय आधार विन्दुमा क्रमशः १० र ११ प्रतिशतले घटाएको जनाएको छ ।

सेन्ट्रल बैंक अफ श्रीलंकाले बुधबार बसेको मौद्रिक बोर्डको बैठकमा उक्त निर्णय लिइएको उल्लेख गरेको छ ।  मुद्रास्फीतिलाई मध्यकालीन अवधिमा परिकल्पना गरिएको पाँच प्रतिशतको स्तरमा स्थिर बनाउने लक्ष्यसँगै घरेलु अर्थतन्त्रमा कम मुद्रास्फीति बनाउने अपेक्षासहित मौद्रिक बोर्डले वर्तमान र अपेक्षित घटनाक्रमको विश्लेषण गरी यस्तो निर्णय लिएको केन्द्रीय बैंकले जनाएको छ ।

यो निर्णयले अर्थतन्त्रको सम्भावित वृद्धिलाई सक्षम बनाउने अपेक्षा गरिएको छ । यसअघिको मौद्रिक नीतिलाई उल्लेखनीयरूपमा खुकुलो बनाएसँगै नीतिगत ब्याजदरमा गरिएको यो कटौतीले आगामी दिनमा बजार ब्याजदर विशेषगरी कर्जा दरहरूलाई कम गर्न गति प्रदान गर्ने अपेक्षा गरिएको छ । 

मौद्रिक अवस्थाको निरन्तर सहजताको लाभ व्यक्ति र व्यवसायहरूलाई पर्याप्त र द्रुतरूपमा हस्तान्तरण गर्न केन्द्रीय बैंकले वित्तीय क्षेत्रलाई आग्रह गरेको छ ।  

खाद्य तथा गैरखाद्य दुवै मुद्रास्फीतिमा भएको गिरावटका कारण मुद्रास्फीतिको वार्षिक आधारमा कोलम्बो उपभोक्ता मूल्य सूचकाङ्क सेप्टेम्बर महिनामा लक्ष्यभन्दा कम एक दशमलव तीन प्रतिशतले झरेको केन्द्रीय बैंकले जनाएको छ । 

श्रीलंकाले बढ्दो मुद्रास्फीतिको सामना गर्न सन् २०२२ मा उसको ब्याजदरलाई उल्लखनीयरूपमा बढाएको थियो । सन् २०२३ मा उक्त ब्याजदरलाई दुई पटक घटाइएको थियो । 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ६ : १६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित