आङ छिरिङ शेर्पाले पाए पीपी प्रसाईं लाईफटाइम अचीभमेन्ट अवार्ड « Khabarhub

आङ छिरिङ शेर्पाले पाए पीपी प्रसाईं लाईफटाइम अचीभमेन्ट अवार्ड


१९ भदौ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पीपी प्रसाईं लाईफटाइम अचीभमेन्ट अवार्ड २०८० बाट पर्वतारोही आङ छिरिङ शेर्पा सम्मानित भएका छन् । मंगलबार राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रमा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मान शेर्पालाई हस्तान्तरण गरेका हुन् ।

यस्तै कार्यक्रममा नेपालको शिक्षा तथा पर्यटन क्षेत्रमा योगदान पु¥याउने देशैभरबाट छनौट गरिएका सात व्यत्तित्वलाई राष्ट्रिय शिक्षक पुरस्कार तथा टुरिज्ज लाइफटाइम अवार्डले सम्मानित गरिएको छन् ।

यसैगरि हरेक वर्ष प्रत्येक प्रदेशका उत्कृष्ठ शिक्षकलाई प्रदान गरिने ‘उत्कृष्ठ शिक्षक पुरस्कार– २०८०’ यो वर्ष कोशी प्रदेशबाट फिक्कल माध्यमिक विद्यालयका सोम प्रसाद गौतम, बागमती प्रदेशबाट श्री जनकल्याण माध्यमिक विद्यालय बौद्धका कमला राई, गण्डकी प्रदेशबाट पञ्चमुनिदेव मावि, पाल्पाका टुकादेवी आचार्य पुरस्कृत भएका छन ।

लुम्बिनी प्रदेशबाट मोहन कन्या मा.वि तानसेनका गोपाल प्रसाद बस्याल पुरस्कृत भएका छन ।भने कर्णाली प्रदेशबाट श्री तिरपुरा मावि जगदुल्ला डोल्पाका जयबहादुर बस्नेत पुरस्कृत भएका छन । सुदुरपश्चिम प्रदेशबाट श्री सर्वोदय माध्यमिक विद्यालय धनगढिका जीतबहादुर चौधरी सम्मानित भएका छन ।

प्रतिष्ठानले हरेक वर्ष सामुदायिक विद्यालयमा क्रियाशिल शिक्षकलाई प्रोहत्साहन गर्ने उदेश्यले शिक्षा क्षेत्रमा विशिष्ट योगदान पु¥याउने सातै प्रदेशका उत्कृष्ठ शिक्षकलाई पुरस्कार सहित पचास हजार नगद र विजयी शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजार बराबरको शैक्षिक सामाग्री प्रदान गर्दै आएको छ ।

देशैभरबाट सार्वजनिक सुचना मार्फत आवेदन माग गरेर शिक्षकको पढाउने शैली, बाल मनोविज्ञान, विद्यार्थीको आवश्यकताप्रति उनीहरुको बुझाई, शिक्षाप्रति उनीहरुको प्रतिवद्धता, शिर्जनशीलता, अभिभावक तथा समाजसँगको उनीहरुको सम्बन्ध र स्थानीय अभिभावक तथा समुदायको सिफारिस लगायतका आधारमा शिक्षा विशेषज्ञ, पूर्व शिक्षक, पूर्व प्रशासक, शिक्षण क्षेत्रमा लागेका संघसंस्थाका प्रतिनिधि तथा लब्ध प्रतिष्ठित व्यक्तिहरुको निर्णायक समितिले पुरस्कार प्रदानका लागि सिफारिस गर्दछ ।

जीवनभर विद्यार्थीलाई शिक्षाको ज्योती प्रदान गर्ने शिक्षकहरुको उचित सम्मान र हौसला प्रदान गर्न र शिक्षण पेशामा आउन चाहनेलाई प्रहोत्साहन गर्न स्वर्गिव पर्यटन व्यवसायी प्रजापति प्रसाईको सम्मानमा यो पुरस्कार स्थापना गरिएको हो भने पर्यटन क्षेत्रमा अनवरत लाग्नेलाई हरेक वर्ष पी।पी। प्रसाईं लाईफटाइम अचीभमेन्ट अवार्डबाट सम्मानित गरिन्छ ।

यसलाई आगामी दिनमा अझ व्यापक र समावेशी बनाउदै लैजाने पीपी प्रसाई फाउण्डेसनको योजना रहेको छ । पर्यटन व्यवसायी प्रजापति प्रसाईंको ग्रामीण क्षेत्रसम्म शिक्षा र पर्यटनको विकास गर्ने सपनालाई मुर्त रुप दिन २०६७ साल फागुन ६ गते पीपी प्रसाई फाउण्डेसनको गठन गरिएको हो । प्रसाईंको वि।सं २०५६ भदौ २० ९५ सेप्टेम्वर १९९९० मा हवाई दुर्घटनामा परि निधन भएको थियो ।

प्रकाशित मिति : १९ भदौ २०८०, मंगलबार  ८ : ४२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित