भ्रष्टाचार न्यूनीकरण अभियानमा सरकारलाई कांग्रेसको पूर्ण समर्थन छ : महामन्त्री थापा « Khabarhub

भ्रष्टाचार न्यूनीकरण अभियानमा सरकारलाई कांग्रेसको पूर्ण समर्थन छ : महामन्त्री थापा


१९ भदौ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरणको अभियानमा कांग्रेसको पूर्ण रूपमा समर्थन रहेको बताएका छन् ।

नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले कांग्रेस वा अन्य जुनसुकै पार्टीका नेता तथा कार्यकर्ता भ्रष्टाचारमा मुछिए जोगाउनतर्फ नलाग्ने बताए ।

“कांग्रेस भ्रष्टचारमा मुछिएका कसैलाई पनि संरक्षण गर्ने पक्षमा छैन, हामी भ्रष्टाचाररहित राष्ट्र चाहन्छौँ, अहिले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरण अभियानमा कांग्रेसको पूर्ण समर्थन छ”, महामन्त्री थापाले भने, “जनप्रतिनिधिले राम्रोसँग काम गर्नुस्, पार्टी आफैँ मजबुत बन्दै जान्छ, तपाईंहरूले काम गर्नुभएन भने समस्या हुने हो ।”

महामन्त्री थापाले अहिले तीन वटै सरकारमा कांग्रेसको प्रतिनिधित्व रहेको हुँदा जनगुनासो आउने काम गर्न नहुने बताए । जनताले जनप्रतिनिधिबाट धेरै अपेक्षा गरेको हुँदा नागरिकको न्यूनतम आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उनले जोड दिए । उनले जनप्रतिनिधिले जनताको मर्मअनुसार काम नगरे पार्टी र व्यक्ति दुवै सकिने बाटोमा जाने बताए ।

तीनै तहको सरकारले काम गर्ने हो भने पाँच वर्षको अवधिमा मुलुकमा ठूलो परिवर्तन आउने उनले बताए । आगामी निर्वाचनका लागि भर्खरै आत्तिनुपर्ने अवस्था नभएको महामन्त्री थापाको भनाइ छ । स्यानीयस्तरबाटै पार्टी सङ्गठन मजबुत बनाउन लाग्ने र कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्नेमा थापाको जोड छ ।

यसैगरी पर्वत सदरमुकाम कुश्मा बजारमा मङ्गलबार दिउँसो आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै रूपान्तरण अभियानमा जुट्न आह्वान गरे ।

महामन्त्री थापाले पार्टीको आउँदो महाधिवेशनले उम्मेदवार छनोटको प्रक्रिया बदल्ने र त्यसपछि गुटबन्दी अन्त्य भएर जाने विश्वाससमेत व्यक्त गरे । स्थानीय तहदेखि संसदीय निर्वाचनमा उम्मेदवार बन्ने÷बनाउने प्रणाली परिवर्तन गरेपछि मात्रै गुटबन्दी अन्त्य भएर जाने उनको भनाइ छ ।

उनले महाधिवेशनको वर्ष क्रियाशील सदस्यता बाँड्ने गरिएको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताए । यो पटक आउँदो २०८२ मङ्सिर–पुसतिर पार्टी अधिवेशन हुन्छ, कसैले सार्न सक्दैन’, उनले भने, “अब २०८२ वैशाखपछि कसैले क्रियाशील सदस्यता बाँड्न पाउँदैन ।”

उनले यही भदौ १५ गतेसम्म विभाग भ्रातृ सङ्गठनलाई पूर्णता दिने भनिए पनि पूरा नभएको भन्दै भदौ मसान्तसम्म काम सक्न सभापतिलाई दबाब दिइएको बताए ।

उनले पार्टी पुरानो पाराले चल्न नसक्ने भन्दै विधि र थितिअनुरूप चलाउन जिल्ला तहबाटै नेतृत्वलाई दबाब दिनुपर्नेसमेत बताए । उनले आगामी निर्वाचनमा पार्टीलाई एक्लै भिड्न सक्ने बनाउन खोजिएकोसमेत उल्लेख गरे ।

महामन्त्री थापाले आफूहरूले कांग्रेसलाई विधानसम्मत उभ्याउने प्रयास गरिरहेको बताए । “लामो समयदेखि कांग्रेस विधानसम्मत हिँड्ने कुरामा अल्मलिएको थियो”, उनले भने, “हामीले विस्तारै सुधार ल्याइरहेका छौँ । यो प्रयासमा तपाईंहरूको पनि साथ चाहिन्छ ।”

प्रकाशित मिति : १९ भदौ २०८०, मंगलबार  ५ : ४५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित