घारखोला जलविद्युत् आयोजनाको भौतिक संरचनाको परीक्षण सुरु « Khabarhub

घारखोला जलविद्युत् आयोजनाको भौतिक संरचनाको परीक्षण सुरु


२२ जेष्ठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको भौतिक संरचनाको परीक्षण सुरु गरिएको छ । म्याग्दी हाइड्रोपावर प्रालि प्रर्वद्धक रहेको उक्त आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षण सुरु गरिएको हो ।

बाँध र डिसेन्डर (पानी थिग्राउने पोखरी) मा पानी हालेर आइतबारदेखि परीक्षण थालिएको आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले बताए। उनका अनुसार आयोजनाको विद्युत् गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको छ । 

‘डिसेन्डर, एप्रोच क्यानल, टनेल, पेनस्टकको क्रमैसँगै परीक्षण हुन्छ,’ पौडेलले भने, ‘भौतिक संरचनाको अवस्था ठिक भए-नभएको पहिचान गर्न पानी हालेर परीक्षण गरिएको हो ।’ अबको १५ दिनभित्र विद्युत्को परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित भौतिक संरचनाको परीक्षणका साथै उपकरण जडान, प्रसारण लाइन र स्वीचार्ड निर्माणलाई अन्तिम रुप दिन लागिएको जनसम्पर्क अधिकृत पौडेलले बताए ।  

अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण भएको छ । जनसम्पर्क अधिकृत पौडेलका अनुसार बाँध र ४५ मिटर लम्बाइको दुई वटा पानी थिग्राउने पोखरी (डिसेन्डर) मा पानी हालिएको हो । ‘डिसेन्डरदेखि सुरुङसम्म दुई सय ४८ मिटर लामो डिसेण्डर एप्रोच क्यानल जडान भएको छ । बाँध, डिसेन्डर र एप्रोच क्यानलको दोस्रो चरणको परीक्षण गर्न लागिएको छ’, उनले भने ।  

तीन हजार पाँच मिटर लामो सुरुङ पानी बगाएर परीक्षणका लागि तयार भएको छ । अमिलाकाफलमा रहेको आउटलेटदेखि विद्युत्गृहसम्म चार सय ८५ मिटर पेनस्टक पाइप जडान भएको छ । आउटलेटदेखि विद्युत्गृहको दूरी एक हजार दुई सय मिटर र उचाइ चार सय ८५ मिटर छ । पोखरेबगरस्थित गोजेखोल्सीमा पहाड काटेर विद्युत्गृहको भवन निर्माण सकिएको छ । 

विद्युत्गृहमा टर्वाइन, जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकल तर्फका उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको आवासीय इन्जिनियर जोसेप बज्राचार्यले बताए। उनका अनुसार इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि इण्डिया, हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रालिका प्राविधिकले विद्युत्गृहमा उपकरण जडानको काम गरिरहेका छन् ।  

सिभिल ठेकेदार साउथ एसियन इन्फास्टक्चरले भौतिक संरचना निर्माण सकेको इन्जिनियर बज्राचार्यले बताए । ‘पोखरेबगरदेखि दुई सय २० केभी क्षमताको दाना सव स्टेशनसम्म आठ किलोमिटर ३३ केभीएको डबल सर्किट प्रसारण लाइनको पोल गाड्ने र सवस्टेशनमा सिभिल संरचना बनाएर तार तान्ने काम अन्तिम चरणमा पुगेको छ । विद्युत् गृहको नजिकै स्वचार्ड बनाउने काम भइरहेको छ’, उनले भने।  

विसं २०७४ चैतदेखि सुरु भएको घारखोला विसं २०७८ माघमा सञ्चालन गर्ने लक्ष्य राखिएको थियो । कोरोना, निषेधाज्ञा, बन्दाबन्दी र प्राकृतिक विपद्का कारण ढिलाइ भएको आयोजनाले जनाएको छ । कूल रू दुई अर्ब ४२ करोडको लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसिया, कुमारी र प्राइम कर्मसियल बैंकले लगानी गरेका छन् । 

नागरिक ऊर्जा बुटवल लिमिटेडको अगुवाइमा रूपन्देहीका सर्वसाधारणले पनि लगानी गरेका छन् । आयोजना प्रभावित र सर्वसाधारणका लागि संस्थापक शेयर लगानी आह्वान गर्ने प्रक्रिया अन्तिमचरणमा पुगेको प्रर्वद्धकले बताएका छन् । 

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ३ : २५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित