यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य « Khabarhub

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २३ रुपैया, सेतो आलु १८ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २४० रुपैयाँ, कुरीलो ३५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ,  चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ९० रुपैयाँ, तोरीको साग ४० रुपैया, लोकल परवर र न्यूरो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३३ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदीना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी पाकेको ४० रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली ९० रुपैयाँ, भान्टा लाम्चो ४० रुपैयाँ, भिण्डी ९० रुपैया केजी, मूला रातो ५० रुपैयाँ, रुख कटहर ७० रुपैयाँ, भुई कटहर १४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ५० रुपैयाँ र हरियो धनियाँ ३० रुपैयाँ पाइने समितले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा र बचुवा माछा २८० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ७ : ५१ बजे

प्रधान सेनापतिद्वारा पदोन्नति भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय

पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्किएको सौन्दर्य

गण्डकी– पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका

सामुदायिक वनमा फलफूल र जडीबुटीसहित बहुउपयोगी बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका

अमेरिकी सङ्घीय निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

काठमाडौं – अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी