साउदी क्लबले सार्वजनिक गरेपछि रोनाल्डोले भने, ‘मेरो नयाँ चुनौति हो’ « Khabarhub

साउदी क्लबले सार्वजनिक गरेपछि रोनाल्डोले भने, ‘मेरो नयाँ चुनौति हो’


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – साउदी अरेबियाको क्लब अल नसरले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई सार्वजनिक गर्दा स्वागतका लागि हजारौँ समर्थक स्टेडियम पुगेका थिए। घरेलु मैदान म्रसोल पार्कमा मंगलबार राति एक विशेष समारोहमा रोनाल्डोले आफूले युरोपमा सबै कुरा प्राप्त गरेको र यो नयाँ चुनौती भएको बताए।

उनले आफूलाई अन्य थुप्रै राष्ट्रको क्लबले अफर गरेको भए पनि प्रतिस्पर्धात्मक लिग भएकाले साउदी आएको बताए। उनले यो आफ्नो अन्तिम लिग नभएको समेत बताए।

‘मेरो जीवनको यो ठुलो निर्णय गर्न पाउँदा म गर्व गर्छु। युरोपमा मेरो काम सकियो।’ रोनाल्डोले पत्रकार सम्मेलनमा भने, ‘मैले सबै जितेँ, युरोपका सबैभन्दा महत्त्वपूर्ण क्लबहरूमा खेले र अब यो एसियामा नयाँ चुनौती हो।’ उनले साउदीको क्लबसँग साढे दुई वर्षको सम्झौता गरेका छन्।

म्यानचेस्टर युनाइटेडबाट बाहिरिएपछि युरोप, ब्राजिल, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकामा धेरै अवसर भए पनि आफूले अल नासर नै रोजेको उनले सुनाए। पोर्चुगलमा पनि धेरै क्लबहरूले मलाई अनुबन्ध गर्ने प्रयास गरे तर मैले यो क्लबलाई मेरो वचन दिएँ, ‘फुटबल मात्रै होइन, अरूको पनि विकास गर्न’ उनले भने।

अल नासरका प्रशिक्षक रुडी गार्सियाले रोनाल्डोलाई अनुबन्ध गर्नु साउदी अरेबियाको लिगका लागि ठुलो कदम भएको बताए। ‘मेरो जीवनमा, मैले देखेको छु कि क्रिस्टियानो जस्ता महान् खेलाडीहरू व्यवस्थापन गर्न सजिलो हुन्छ, किनकि मैले उनलाई सिकाउन सक्ने केही छैन,’ गार्सियाले पत्रकारहरूलाई भने। ‘उनले भनेजस्तै, हामी यहाँ जित्नका लागि छौं, अरू केही छैन।

रोनाल्डो २०२५ सम्म साउदी अरेबियाको क्लबमा रहने छन्। अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको बताईएको छ। तर, सम्झौता रकम खुलाइएको छैन। ३७ वर्षीय रोनाल्डो युनाईटेडसँगको सम्झौता अन्त्य गर्दै अल नसर आएका हुन्। रोनाल्डो गत वर्ष युनाईटेड फर्किएका थिए। तर, मुख्य प्रशिक्षक एरिक टेन हागसँगको विवादपछि उनले क्लब छाडेका हुन्।

पाँच पटकको बालेन डी’ओर विजेता रोनाल्डो १२ वर्षपछि युनाईटेड फर्किएका थिए। यस अघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाईटेडबाट खेलेका थिए। उनले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए।

त्यस समय उनले युनाईटेडबाट तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जितेका थिए। रोनाल्डो इंग्लिस क्लब छाडेर २००९ मा स्पेनिस क्लब रियल मड्रिड गएका थिए।

रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स पुगेका थिए। युभेन्ट्सबाट उनी पुनः ओल्ड ट्राफोर्ड पुगे। तर, यस पटक उनको बसाई सुखद रहेन। रोनाल्डोले दोस्रो बसाइमा युनाईटेडका लागि ४० प्रिमियर लिगमा १९ गोल गरेका थिए।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ७ : ३८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित