बनेपामा निःशुल्क स्वास्थ्य परीक्षण सुरु « Khabarhub

बनेपामा निःशुल्क स्वास्थ्य परीक्षण सुरु


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले सबै नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ । नगरपालिकाले हरेक वडामा स्वास्थ्य क्लिनिकमार्फत सुरु गरेको स्वास्थ्य परीक्षण अभियानमार्फत स्थानीयमा के कस्ता रोग छ भन्ने तथ्यांक संकलनसमेत भइरहेको जनाएको छ ।  

नगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि तत्कालीन र दीर्घकालीन स्वास्थ्य नीति बनाउने उद्देश्यले अभियान सुरु गरिएको नगर प्रमुख शान्तिरत्न शाक्यले बताए। ‘उपलब्ध स्रोतसाधानले भ्याएसम्म अधिकतम सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको छ’, उनले भने। वडास्तरका क्लिनिकमा स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्शसमेत दिइन्छ ।

क्लिनिकमा बालबालिका, गर्भवती, जेष्ठ नागरिकको पनि स्वास्थ्य जाँच तथा परामर्श दिइन्छ । समयमा स्वास्थ्य परीक्षण गराई आफ्नो स्वास्थ्यप्रति सचेत रहन नगरले अपील गरेको छ । नगरपालिकाले यही असोज १२ गतेदेखि तेस्रो चरणको अभियान सञ्चालन गरेको हो ।

क्लिनिकमा नसर्ने रोगको उपचार तथा स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरिँदै आइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शम्भुकुमार महतोले बताए। उनका अनुसार यसअघि साउनमा पहिलो चरण र भदौमा दोस्रो चरणको क्लिनिक सञ्चालन गरिएको थियो । 

पहिलो चरणमा चार हजार दुई सय ९६ र दोस्रो चरणमा तीन हजार २८ स्थानीयले स्वास्थ्य परीक्षण गराएका थिए । परीक्षण गराएकामध्ये अधिकांशमा उच्च रक्तचाप र मधुमेहको समस्या देखिएको महतोले बताए । यसका अतिरिक्त बनेपा नगरपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पतालको समन्वयमा बनेपाका ६९ विद्यालयमा अध्ययनरत २३ हजार तीन सय ८२ विद्यार्थीको निःशुल्क आँखा परीक्षण अभियान थालिएको छ । वडा न ६ स्थित भक्तेश्वर माध्यमिक विद्यालयबाट आँखा परीक्षणको औपचारिक शुरुवात गरिएको हो । 

‘स्थानीय नागरिकका लागि आधारभूत स्वास्थ्य उपलब्ध गराउने नगरको दायित्व भएकाले आँखालगायत नसर्ने रोग नियन्त्रण र त्यसको परीक्षण तथा पहिचान गरी उपचार गर्ने गरी अभियान शुरु गरेका हौँ’, शाक्यले भने । 

नगरका बालबालिका, महिला र जेष्ठ नागरिकका साथ नगरभित्रका विपन्न समुदायका नागरिकलाई सरल र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन नगरले आधारभुत अस्पताल, स्वास्थ्य चौकीको स्तरोन्नति तथा सुविधा सम्पन्न बनाउँदै लगिएको नगर उपप्रमुख विमला सापकोटाले बताए । 

उनका अनुसार अभियानअन्तर्गत आँखा परीक्षणसँगै तत्कालै आवश्यक पर्ने औषधि निःशुल्क उपलब्ध गराइएको छ । 

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  २ : ५५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित