काठमाडौँ-भक्तपुर सडक खण्डमा खाल्डाखुल्डी पर्न थाले « Khabarhub

काठमाडौँ-भक्तपुर सडक खण्डमा खाल्डाखुल्डी पर्न थाले


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भादगाउँ– अरनिको राजमार्गअन्तर्गत काठमाडौँ–भक्तपुर छ लेनको सडक ठाउँठाउँमा भत्किएर खाल्डाखुल्डी पर्न थालेका छन् । ओभरल्याप पिच (पिचमाथि गरिएको पिच) गरेको दुई वर्षमा उक्त सडक भत्किएर खाल्डाखुल्डी पर्न थालेको हो । 

अत्यधिक मात्रामा सडकमा खाल्डाखुल्डी पर्न थालेपछि दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् । उक्त सडकको थिमि चारदोबाटो–शङ्खधरचोक खण्ड, थिमि–कौशलटार खण्डलगायत अधिकांश स्थानमा खाल्डाखुल्डी पर्नुका साथै कालोपत्र उप्किएर दुर्घटनाको जोखिम बढेको छ ।

काठमाडौँ–सूर्यविनायक, भक्तपुर–धुलिखेल–सिन्धुली–बर्दिवास खण्डअन्तर्गत कतिपय स्थानमा कालोपत्र उप्किएर खाल्डाखुल्डी भएको सडक सुधार आयोजनाका प्रमुख राजेन्द्रलाल दासले बताए । जमिनमुनिको सतहबाट पानी आएकाले कालोपत्र भत्किएर खाल्डाखुल्डी पर्न थालेको भन्दै उनले यसको कारण पत्ता लगाउन सरोकारवाला निकायसँग समन्वय गरी समस्या पहिचानको प्रयास भइरहेको जानकारी दिए । 

‘जमिनमुनी सतहबाट पानी आएकाले कालोपत्र भत्किएर सडकमा खाल्डा पर्न थालेको देखिन्छ । यसको कारण पत्ता लगाउन सकेका छैनौँ । अन्य सरोकारवाला निकायका साथै नगरपालिकासँग समन्वय गरिरहेका छौँ’, दासले भने, ‘समस्याको पहिचान भएपछि स्थायी समाधान हुन्छ । अहिले विकल्पको रुपमा अस्थायी समाधान प्रयास गछौँ ।’ ढल फुटेर पानी आएको हुनसक्ने भएकाले कारण पत्ता लागेपछि स्थायी समाधान गरिने बताउँदै उनले अहिले पानीलाई अन्यत्र पठाएर खाल्डो पुर्ने तयारी भइरहेको जानकारी दिए ।

मध्यपुर थिमि नगरपालिकाले अरनिको राजमार्गअन्तर्गत थिमि–चारदोबाटो–शङ्खधरचोक खण्डमा पर्ने राष्ट्रिय क्षयरोग केन्द्र अगाडिको सडक मर्मतको पहल थालेको छ । सडकमा भएका खाल्डाखुल्डीका कारण दुर्घटना बढेको जनगुनासो बढेपछि नगरपालिकाले सडक सुधार आयोजना र राष्ट्रिय क्षयरोग केन्द्रसँग समन्वय गरी समस्या समाधानको पहल गरिएको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताएका छन् ।

केन्द्र अगाडिको मुख्य सडकमा परेको खाल्डो पटक–पटक पुरेपनि खाल्डोपर्ने र पुनःभत्किने क्रम नरोकिएपछि मंगलबार मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले स्थलगत अनुगमन गरेका छन् । आयोजनाका प्रमुख, आयोजना एवं नगरपालिकाका प्राविधिक, केन्द्रका अधिकारीसहितको टोलीले अनुगमन गरेको बताउँदै उनले समस्या समाधानका लागि सडक किनारमा रहेको खानेपानीको पाइप चुहावटको जाँच गरिएको जानकारी दिए ।

सडक पुनःनिर्माण आयोजनाको क्षेत्राधिकारभित्र पर्ने भए पनि खाल्डाखुल्डीले दुर्घटना बढेको जनगुनासो आएपछि समाधानका लागि नगरले अग्रसरता लिएको नगरप्रमुख श्रेष्ठको भनाइ थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  २ : २२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित