अमेरिकन ‘स्वाइन फिवर’बाट चार सय बङ्गुर मरे « Khabarhub

अमेरिकन ‘स्वाइन फिवर’बाट चार सय बङ्गुर मरे


१९ जेष्ठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट – अमेरिकन स्वाइन फिवरका कारण धमाधम बङ्गुर मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन्। धमाधम बङ्गुर मर्न थालेपछि यहाँका किसान लाखौँको नोक्सानी व्यहोर्न बाध्य भएका छन्।

बागलुङ नगरपालिका–१, २, ३ र ४ मा व्यावसायिकरूपमा पालिएका बङ्गुरमा अमेरिकन स्वाइन फिवरका कारण हालसम्म चार सय बङ्गुर मरेको किसानको भनाइ छ। किसानले व्यावसायिकरूपमा पालेको बङ्गुर धमाधम मर्न थालेपछि बङ्गुर खोर नै रित्तो हुन थालेको बङ्गुरपालक किसान गणेशबहादुर पुनले बताए।

“केही दिनदेखि दैनिक खोरमा बङ्गुर मर्न थालेका हुन्”, उनले भने, “बिहान ठीकठाक भएका बङ्गुर साँझ मर्ने गरेका छन्, अहिले नगरपालिका, भेटेरिनरी अस्पतालमा हारगुहार गरेका छौँ, उहाँहरूले परीक्षणका लागि नमूना पोखरा पठाउनुभएको छ।”

बागलुङ बजार क्षेत्रमा ५४ किसानले व्यावसायिक बङ्गुरपालन गर्दै आएकामा अहिले धमाधम बङ्गुर मर्न थालेपछि किसानलाई रु दुई करोड बराबरको क्षति पुगेको बङ्गुरपालक किसान डिलमाया थापाले बताइन्। “बङ्गुरपालन गर्न थालेको वर्षौं भयो, अहिलेसम्म यस्तो भएको थाहा थिएन, पहिलोपटक बङ्गुर मर्न थाले अहिले मेरै खोरमा १५ वटा बङ्गुर मरिसकेका छन्”, उनले भनिन्, “दैनिक खोर रित्तिँदै गएपछि मजस्ता किसानको उठिबास लागेको छ।”

यस क्षेत्रका ५४ किसानले पालेका तीन सय ९२ वटा बङ्गुर मरेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङलाई ध्यानाकर्षण गराएको अगुवाकर्ता एकबहादुर केसीले जानकारी दिए। उनले किसानको समस्याका लागि आफूले विभिन्न सरोकारवाला निकायसँग ध्यानाकर्षण गराइरहेको बताए।

किसानले पालेका बङ्गुर तथा सुँगुर एक्कासि मर्न थालेपछि रोगको विषयमा पहिचान गर्न नमूना सङ्कलन गरिएको भए पनि अहिले मरिरहेका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ नामक भाइरसको लक्षण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले जानकारी दिए।

“लक्षण पूरै ‘अफ्रिकन स्वाइन फिभर’को देखिएको छ, बागलुङको जैमिनी नगरपालिकामा पहिलोपटक किसानले पालेका बङ्गुरको परीक्षण गर्दा गत पुसमा मात्रै ‘अफ्रिकन स्वाइन फिभर’ नामक भाइरस देखापरेको थियो”, उनले भने, “मरेका ४० बङ्गुरबाट नमूना सङ्कलन गरी पोखरा पठाइएको छ, किसानले खोरलाई निर्मलीकरण गर्न आवश्यकता देखियो, हामी रोग नियन्त्रणका लागि लागिपरेका छौँ।”

बर्ड फ्लुजस्तै प्रकृतिको यो घरपालुवा सुँगुर, बङ्गुर तथा जङ्गली बँदेल प्रजातिमा देखा पर्ने भाइरस ‘अफ्रिकन स्वाइन फिभर’ रहेको पशु प्राविधिक केशव शर्माले जानकारी दिए। यो सङ्क्रमण भएमा सुँगुर, बङ्गुर प्रजातिमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा बाहिर नीलो धब्बा देखिने, खाना नखानेजस्ता लक्षण देखापर्ने गरेको छ, उच्च मृत्युदर भएको अति खतरनाक महारमारीजन्य सरुवा रोग रहेको शर्माको भनाइ छ।

यो रोगविरुद्ध हालसम्म कुनै खोप उपलब्ध नभएको र रोग देखापरेपछि उपचारसमेत हुन नसक्ने भएकाले उच्च सतर्कता अपाउनुपर्ने पशु स्वास्थ्यकर्मीको भनाइ छ। कुनै स्थानमा अस्वाभाविकरूपमा बङ्गुर मरेमा वा लक्षण देखापरेमा तत्काल कार्यालयमा जानकारी गराउन केन्द्रले किसानलाई आग्रह गरेको छ। बागलुङमा दुई सयभन्दा बढी किसानले १२ हजारको सङ्ख्यामा बङ्गुर पाल्दै आएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ।

रोगी बङ्गुर, त्यसका पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा रोग सजिलै सर्ने र रोग छिटो फैलन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने छ। अफ्रिकी महादेशमा मात्र सीमित रहेको यो रोग सन् २०१८ मा चीनमा र त्यसपछि भारत, भूटानमा पनि देखापरेको थियो। दुईवटा फार्मबाट सुरु भएको महामारी ५२ फर्ममा फैलिसकेको किसानको भनाइ छ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  १२ : १३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित