व्यासमा खरको छानो विस्थापित अभियान « Khabarhub

व्यासमा खरको छानो विस्थापित अभियान


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको व्यास नगरपालिका–१३ निवासी फूलमाया विकको घर वर्षौँदेखि खरले छाएको थियो । ढुंगामाटोले बनेको घर र छानो खरको हुँदा वर्षायाममा पानी चुहिने समस्या उत्तिकै थियो । अझ आगलागीको जोखिम पनि त्यत्तिकै थियो । 

उनको घरको छानो अहिले खरले नभई जस्तापाताले छाइएको छ । व्यास नगरपालिकाको खरको छानो विस्थापन योजनाअनुसार छानो फेरिएको हो । उनले भने,’अब आगलागी हुने जोखिम र पानी चुहिने  समस्या हुँदैन ।’ नगरपालिकाले खरको छाना विस्थापित गरी विपन्नका घरमा जस्तापाता लगाउने कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।  

जस्तापाताले घर छाउन नसकेका परिवारलाई नगरपालिकाले सहयोग गरेको छ । नगरपालिकाले गत आर्थिक वर्ष २०७९-८० मा ६८  अतिविपन्न परिवारको घरमा जस्तापाताले छाउने कार्यक्रम सम्पन्न गरेको नगरपालिकाको घर नक्सा शाखाका प्रमुख अमृत केसीले जानकारी दिए ।

रु ५१ लाखको लागतमा जस्तापाता लगाइएको छ । नगरपालिकाले प्रतिघर रु ७५ हजारमा छानो फेरिदिएको छ । तनहुँ क्षेत्र नं १ अन्तर्गत नगरपालिकाले वडा नं ५ र ६ बाहेक अन्य वडामा खरको छाना विस्थापित गरी घरमा जस्तापाता लगाउने गरेको छ । जसअन्तर्गत व्यास-१ मा सात, व्यास-४ मा एक, व्यास-७ मा सात, व्यास-८ मा तीन, व्यास-९ मा चार, व्यास-१० मा १७, व्यास-११ मा तीन, व्यास-१२ मा छ, व्यास-१३ मा तीन र व्यास-१४ मा आठ घरमा जस्तापाता लगाएको छ । 

यसैगरी नगरपालिकाले विपन्न वर्गले पक्की घर बनाउँदा निःशुल्करूपमा नक्सा निर्माण गरिदिन थालेको छ । नगरपालिकाको घर नक्सा निर्माण शाखाले नागरिकको आर्थिक समस्यालाई मध्यनजर गर्दै विपन्न वर्गलाई नक्सा पास निःशुल्क गर्ने कामको सुरुआत गरेको हो । विपन्न वर्गलाई केही सहज बनाउन र पक्की घर बनाउनेतर्फ आकर्षित गर्ने उद्देश्यले घर बनाउँदा निःशुल्करूपमा नक्सा निर्माण गर्ने गरेको शाखाका सहायक इन्जिनियर सञ्जय तिमिल्सेनाले जानकारी दिए। 

निःशुल्क नक्सा कार्यक्रमअन्तर्गत वडामार्फत विपन्न वर्गले घर बनाउन सिफारिस लिएर आएको खण्डमा निःशुल्करूपमा नक्सा निर्माण गर्ने गरेको उनको भनाइ छ । अहिलेसम्म उक्त कार्यक्रममार्फत पाँच जनाले निःशुल्करूपमा घरको नक्सापास गरी घर निर्माण गरेको उनले जानकारी दिए । 

उनले भने, ‘वडामार्फत विपन्न वर्गले सिफारिस लिएर आएपछि हामीले उनीहरूले चाहेको अनुसार नक्सा निःशुल्करूपमा बनाउने गरेका छौँ ।’ दुई, तीन र चारकोठे घरका लागि विभिन्न आठवटा ‘मोडल’ रहेको उनले बताएका छन् । 

कतिपय नागरिकहरूले नक्सा बनाउन खर्च धेरै भएका कारण कच्ची घरमै बस्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि पनि नगरपालिकाले नक्सा निर्माण निःशुल्क गरिदिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनले विभिन्न परामर्शदाताले महँगो शुल्कमा घरको ‘डिजाइन’ बनाइदिने गुनासोलाई सम्बोधन गर्दै नगरपालिकाले विपन्न वर्गको घरको नक्सा डिजाइन गरिदिने बताए । नगरपालिकाका घर नक्सा शाखाका प्रमुख अमित केसीले घरको नक्सा निर्माणका लागि प्राविधिकलाई खटाएको बताए।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  १ : १७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित