फिलिपिन्स सैन्य मञ्चन गर्ने स्थल बन्ने छैन : राष्ट्रपति मार्कोस « Khabarhub

फिलिपिन्स सैन्य मञ्चन गर्ने स्थल बन्ने छैन : राष्ट्रपति मार्कोस


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिला– फिलिपिनी राष्ट्रपति फर्डिनान्ड मार्कोसले आफ्नो अमेरिका भ्रमणका क्रममा अमेरिकी समकक्षी जो बाइडेनसँग सोमबार हुन् भेटवार्ताअघि फिलिपिन्सलाई सैन्य कारबाहीका लागि ‘स्टेजिङ पोस्ट’ बन्न नदिने बताएका छन् ।

फिलिपिन्स र यस क्षेत्रका सहयोगी राष्ट्रहरूले चीनको बढ्दो आक्रामकता र विवादित पानी, टापुहरू र किनारहरूमा चीनको व्यापक दाबीको सामना गर्न चाहन्छन् । यसैका लागि मनिलाले हालै वासिङ्टनलाई थप फिलिपिनी सैन्य अखडाहरूमा पहुँच प्रदान गरेको छ ।

‘फिलिपिन्सलाई अन्य कुनै पनि देशले संलग्न गराउने कुनै पनि उत्तेजक कार्यलाई हामी प्रोत्साहन गर्ने छैनौंर’, मार्कोसले आइतबार वासिङ्टन जाने क्रममा विमानमा पत्रकारसँग भने ।

‘हामी फिलिपिन्सलाई कुनै पनि प्रकारको सैन्य कारबाहीका लागि ‘स्टेज पोस्ट’ को रूपमा प्रयोग गर्न दिने छैनौँ ।’

फिलिपिन्सको तटरक्षक बलको जहाजसँग ठोक्किएपछि दक्षिण चीन सागरमा ‘उत्तेजक र असुरक्षित आचरण’ रोक्न अमेरिकाले चीनलाई आग्रह गरेपछि मार्कोसको यो भ्रमण हुन लागेको हो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले शनिबार भने, ‘हामी बेइजिङलाई आफ्नो उत्तेजक र असुरक्षित आचरणबाट अलग रहन आग्रह गर्दछौँ’। मनिला र वासिङ्टनबीच सन् १९५१ मा भएको पारस्परिक प्रतिरक्षा सम्झौता छ ।

अप्रिल २३ को घटना दुवै पक्षको हताहती निम्त्याउन सक्ने दुर्घटना नजिकको घटना थियो, ”फिलिपिन्सको राष्ट्रपति भवनले जारी गरेको विज्ञप्तिमा मार्कोसले भने । ‘हामी यही कुराबाट बच्न चाहन्छौँ,’ उनले थपे ।

फिलिपिन्सका नेताले यसै वर्षको सुरुमा बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दक्षिण चीन सागरमा अतिव्यापी दाबीसँग सम्बन्धित विषयमा ’प्रत्यक्ष सञ्चार संयन्त्र’ स्थापना गर्न भएको सहमतिलाई पालना गर्न चीनलाई आग्रह गरेका छन् ।

मार्कोसका अनुसार मनिलाले आफ्नो टोली गठन गरेको छ भने बेइजिङले यस सम्बन्धमा अझै कुनै कदम चालेको छैन ।

बेइजिङले दक्षिण चीन सागरको लगभग सम्पूर्ण भूभागमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ र अन्तर्राष्ट्रिय अदालतको फैसलालाई ‘बेवास्ता’ गरेको छ ।

मार्कोसले चीनलाई समुद्रमा फिलिपिन्सको अधिकारकुण्ठित हुन नदिने बताउँदै आएका छन्, र रक्षा सम्बन्धलाई मजबुत बनाउन अमेरिकातर्फ आकर्षित भएका छन् ।

गत महिना फिलिपिन्सले चार वटा सैन्य अखडाको पहिचान गरेको थियो, जसमा पाँच वटा विद्यमान स्थलका अतिरिक्त अमेरिकी सेनाको पहुँच हुनेछ । जसमध्ये एउटा विवादित स्प्राट्ली टापु नजिक र दुई वटा ताइवानको सामना गर्नुपर्ने छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ४ : ०० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित