सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीको सचेतना अभियान « Khabarhub

सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीको सचेतना अभियान


१४ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सडक दुर्घटना बढ्दै जान थालेपछि प्रहरीले ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । सडक दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक र्‍याली आयोजना गर्ने, पर्चा, पम्पलेट वितरण गर्ने, चालकलाई सिटबेल्ट बाँध्न सिकाउनेलगायत कार्य प्रहरीले अगाडि बढाएको छ ।

“मोटरसाइकल दुर्घटनाका घटना केही समयदेखि निकै बढ्दै गएका छन्”, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले भने “मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सडक लेन अनुशासन पालना गराउन, हेल्मेटको प्रयोग गरी मोटरसाइकल तोकिएको सीमित गतिमा चलाउनका लागि चालकलाई सचेतना दिने कार्यमा जुटेका छौँ ।”

तीव्रगतिले जनधनको क्षति हुने भएकाले यसबारे चालकलाई सचेत पार्नका लागि प्रहरीलाई भीडभाड हुने क्षेत्र र सम्भावित दुर्घटना हुने क्षेत्रमा परिचालनसमेत गरिएको छ । “तनाव र अस्वस्थता भएका बेला पनि दुर्घटना हुने निकै सम्भावना रहन्छ”, प्रहरी निरीक्षक सिंहले भन्नुभयो, “यस्तो अवस्थामा सवारीसाधन चलाउनु नै बेस हुन्छ, यसका लागि पनि सचेत पार्ने काम भइरहेको छ ।”

सवारीसाधन चलाउँदा ओभरटेक नगर्ने र दूरी कायम गरी सवारीसाधन चलाउनका लागि समेत प्रहरी चालकलाई सम्झाउने बुझाउने कार्यमा संलग्न भएका छन् । सवारीसाधनको क्षमताभन्दा बढी यात्रु नचढाउने, सवारीसाधन चलाउँदा सिट बेल्ट अनिर्वायरूपमा चालकले बाँध्ने, सवारीसाधनमा यात्रुलाई झुन्ड्याएर नचढाउनेलगायत कार्य रोक्नका लागि प्रहरीले कार्य अगाडि बढाएको छ ।

सवारीसाधन चलाउनुभन्दा अगाडि सवारीको अवस्थाबारे अनिवार्यरूपमा जाँच गर्ने र मोटरसाइकल चलाउँदा आवश्यक कागजातका साथै हेल्मेट लगाएर मात्र चलाउने कार्य गर्नुपर्ने कुरा चालकलाई प्रहरीले सडकमै बताउने गरेको छ ।

झलारी–पिपलाडी उद्योग वाणिज्य संघका अध्यक्ष हरेन्द्रप्रसाद भण्डारी ट्राफिक नियमको पालना गरे सम्भावित दुर्घटनाबाट बच्न सकिने बताउँछन् । प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यलाई निरन्तररूपमा जारी राख्ने जनाएको छ ।

ट्राफिक नियमको उल्लङ्घन गर्दै अटेरी गरेर सवारीसाधन चलाउनेलाई नियमानुसार कारबाही गरी जरिवाना तिराउने कार्यलाई समेत तदारुकताका साथ अगाडि बढाइएको छ । सवारी चालकले मादक पदार्थ सेवन गरे-नगरेकोबारे र द्रुतगतिमा सवारी हाँक्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारिमाथि कडाइ गर्ने कार्य गरिरहेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ७ : ०० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित