सरकारलाई संसदीय समितिको प्रश्न  : एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई किन नपठाएको ? « Khabarhub

सरकारलाई संसदीय समितिको प्रश्न  : एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई किन नपठाएको ?


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयन नगर्ने विषयमा अहिलेसम्म अमेरिकालाई पत्राचार नगर्नुको कारणबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले एसपीपीका विषयमा विभिन्न निर्देशनहरू दिएको र कार्यान्वयनको अवस्थाका बारेमा सरकारसँग जानकारी माग गर्ने निर्णय गरेको हो । समिति सभापति पवित्रा निरौलाले सरकारले एसपीपीबाट फिर्ता हुने निर्णय गरिसकेको अवस्थामा किन पत्रचार नगरिएको हो भन्ने पनि जानकारी माग गरिएको बताइन्।

त्यस्तै बैठकले सेनाका प्रधानसेनापति अस्ट्रेलियामा भइरहेको एक सम्मेलनमा भएको सहभागी भएको विषयमा पनि जानकारी माग गरिएको उनले बताइन् । तीन पटकसम्म एसपीपीका सम्बन्धमा भएका कागजात मगाइसकेको र प्राप्त नभएको उनको भनाइ छ ।

बैठकमा समितिका सदस्य माधवकुमार नेपालले एसपीपीमा नेपाल सहभागी नहुने सरकारको निर्णयबाट फिर्ता हुने अवस्था नरहेको भन्दै सरकारको पत्र अमेरिकालाई पठाउन ढिलाइ भएको बताए।

त्यस्तै समिति सदस्य प्रकाशमान सिंहले यस विषयमा सबै कागजात मगाएर नै आवश्यक अध्ययन गर्नुपर्ने धारणा राखे। बैठकमा समितिका सदस्य ईश्वर पोखरेलले समितिले मागेको कागजात नपठाएर शङ्काको घेरा उत्पन्न भएको तर्क गरे।

बैठकमा अधिकांश समिति सदस्यहरूले एसपीपीमा नेपाल सहभागी नहुने जानकारीको पत्र अमेरिकालाई पठाउन ढिलाइ हुनुको कारणबारे सरकारले प्रष्ट पार्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ६ : ०१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित