आँबुखैरेनीको बजेट :‘एक वडा : एक स्वास्थ्यचौकी’ « Khabarhub

आँबुखैरेनीको बजेट :‘एक वडा : एक स्वास्थ्यचौकी’


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिकाले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने भएको छ । आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन भइरहेको स्वास्थ्यचौकीको सेवा विस्तार गरी आगामी आर्थिक वर्ष ०७९-८० देखि पन्ध्र शय्याको अस्पताल सञ्चालन गर्न लागिएको हो ।

स्वास्थ्यचौकीलाई विस्तार गरी मेडिकल अधिकृतसहितको अस्पताल सञ्चालन गर्नका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । अस्पतालमा आकस्मिक, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी र फार्मेसीलगायतका सेवा प्रदान गरिनेछ ।

हाल स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरलगायतका सेवा प्रवाह भइरहेको छ । गाउँपालिकावासीलाई सहज र सरलरुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याउन लागिएको चुमानले बताए । गाउँपालिकामा अस्पताल नहुँदा यहाँका सर्वसाधारण चितवन, दमौली, पोखरालगायतका ठाउँमा उपचार गर्न जार्नुपर्ने बाध्यता छ ।

गाउँपालिकाले ७० वर्षभन्दा माथिको ज्येष्ठ नागरिक र सुत्केरी हुँदा गर्भवतीलाई गाउँपालिकाको अस्पतालबाट निःशुल्क सेवा दिइनेछ । ‘अस्पताल सञ्चालन भएपछि सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ, ज्येष्ठ नागरिक र गर्भवतीलाई निःशुल्क सेवा दिन्छौँ’, उनले भने।

गाउँपालिकाले एक वडा : एक स्वास्थ्यचौकीको निर्माण कार्य सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढाउनेछ । यसका लागि सङ्घ तथा प्रदेश सरकारसँग समन्वय र सहकार्य गरिने अध्यक्ष चुमानले बताए । गाउँपालिकाले क्यान्सर बिरामीलाई एक पटकका लागि रु ५० हजार नगद सहयोग गर्ने नीति पारित गरेको छ ।

गाउँपालिकाले निजी, विभिन्न समूह र सङ्घसंस्थाको सहयोगमा वृहत उपचार तथा कोषको स्थापना गरिने उनले बताए। ‘निश्चित कार्यविधि बनाई जटिल रोगको उपचार तथा विपद् तथा जोखिममा परेका पालिकाभित्रका व्यवसायी, व्यापारी तथा नागरिकको उद्धार तथा राहत कार्य अगाडि बढाउँछौँ’, उनले भने ।

सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरी विपन्न परिवारमा पोषिलो खानाको व्यवस्था मिलाउने गाउँपालिकाले जनाएको छ । ग्रामीण भेगका वडामा टेलिमेडिसिन विधिबाट विशेषज्ञ सेवा विस्तार गरिने अध्यक्ष चुमानले जानकारी दिए ।

६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको मोबाइल एप्लिकेशन बनाई तथ्याङ्क राखिने जनाइएको छ । घुम्ती शिविरको माध्यमबाट प्रत्येक महिना एकचोटी गाउँ टोलमा नै गइ आधारभूत स्वास्थ्य जाँचको रिपोर्ट कार्ड बनाइने जनाइएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ८ : ०१ बजे

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं– स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको