मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक : गृहमन्त्री « Khabarhub

मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक : गृहमन्त्री


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेकामा जोड दिएका छन्।

रिपोर्टस् क्लब नेपाल लुम्बिनीको पाँचौँ स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा उनले संविधानले गरेका व्यवस्थाको पालना भए मात्रै समाजमा सुशासन कायम हुने बताए। “संविधानप्रति प्रतिबद्धता गरौँ र सुशासनको पालना गरौँ । संविधानको पालना नभए सुशासन हुँदैन”, उनले भने।

गृहमन्त्री खाँणले कुनै पनि नागरिक नागरिकताबाट वञ्चित हुने छैन भनी संविधानमै उल्लेख भएकाले त्यसैका आधारमा सरकारले नागरिकता विधेयक तयार गरेको उल्लेख गरे। लाखौँ नेपाली अनागरिक भएर बस्नुपर्ने अवस्था आउनु दुःखद भएको चर्चा गर्दै उनले संविधान मान्नुपर्ने अधिकारीबाटै यसको उल्लङ्घन हुनु गलत भएको बताए।  “नागरिकता नहुँदा एउटा सिमकार्ड किन्नसमेत समस्या सिर्जना भएको छ । यस्तो कथा नेपालका लाखौँ नागरिकको छ यसको जिम्मेवार को हुने ?”, उनले प्रश्न गरे ।

मन र मस्तिष्क जोडेर काम गर्न सके मानवीय विकास सम्भव रहेको चर्चा गर्दै उनले सरकार र सरकारका नेतृत्वकर्ताको सही मूल्याङ्कनसमेत गर्न आग्रह गरे।

आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले सङ्घीयता कार्यान्वयनमा गठबन्धन सरकारको भूमिका राम्रो हुन नसकेको टिप्पणी गरे। आगामी दिनमा सरकारले यसलाई चिर्न सक्नुपर्ने उनको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव चन्द्रप्रकाश खनालले राजनीतिलाई सहीदिशा दिने काम मिडियाको भएकाले त्यसमा राम्रो भूमिका खेल्न सञ्चारकर्मीलाई आग्रह गरे । आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले सुशासन आफैँमा राम्रो शब्द भए पनि विश्लेषकले सुशासनको अवस्था राम्रो नभएको औँल्याएको बताए।

राष्ट्रिय समाचार समितिका पूर्वध्यक्ष बालकृष्ण चापागाईंले सञ्चारमाध्यमले सरकार र सरकारको नेतृत्वमा रहेका व्यक्तिले गरेका कामको खोजमूलक समाचार लेख्न आग्रह गरे । रिपोर्टस् क्लब नेपालका अध्यक्ष ऋषि धमलाले गणतन्त्र र सङ्घीयतालाई अघि बढाउन क्लबले मिसन पत्रकारिता गरेको बताए । प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीले सबैको साझा मञ्चका रुपमा क्लबलाई उभ्याउने कोसिस गरिरहेको बताए।

कार्यक्रममा रुपन्देहीका पत्रकार रामप्रसाद आचार्य, रेखा भुसाल र दाङका पत्रकार विजय घिमिरे तथा पर्यटन डिभिजन कार्यालयका प्रमुख मुक्तिप्रसाद पाण्डेलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ४ : २५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित