थिएटर भिलेज ‘साबिती’ मञ्चन हुँदै « Khabarhub

थिएटर भिलेज ‘साबिती’ मञ्चन हुँदै


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- थिएटर भिलेजले चर्चित साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ मा आधारित भएर नाटक मञ्चन गर्ने भएको छ । विमल सुवेदीको डिजाइन र डिरेक्सन अनि जेनी सुनुवारको सहायक निर्देशनमा आगामी असार १७ गतेदेखि १९ सम्म, मात्र तिन दिनका लागि, शिल्पी थिएटरमा उक्त नाटक मञ्चन हुने भएको हो ।

नाटकको प्रमुख भूमिका निभाउनको लागि चर्चित भारतीय रङ्गकर्मी अनुराधा मजुमदार, जो नेपाली रंगमञ्चकी एक प्रत्यक्ष सारथी समेत हुन् जसले खुमा तथा बाँकी उज्यालो जस्ता उत्कृष्ट नाटकमा अभिनय गरिसकेकी छिन्, काठमाडौँमा आइसकेको र नाटकको तयारी तीव्र गतिमा भइरहेको थिएटर भिलेजले जनाएको छ ।

साबिती नाटक थिएटर भिलेजले पहिलोपल्ट गर्न लागेको भने हैन । सन् २०१३ (बि सं २०७०) मा थिएटर भिलेजले यसै नाटक मार्फत शताब्दिपुरुष श्री सत्यमोहन जोशीको सम्मानमा उहाँको नामबाट ‘सत्यमोहन जोशी नाटकघर’ उद्घाटन गरी आफ्नो कला यात्रा सुरु गरेको थियो । तर प्राविधिक कारणले उक्त नाटक पहिलो सो नसकिँदै रोकिएको थियो । त्यसपछि सन् २०१९ मा यही नाटक नयाँ दिल्लीस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा साउथ एसियन युनिभर्सिटीमा मञ्चन भएको थियो । त्यही वर्ष भारतकै जम्बूमा भएको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पनि यसले सहभागिता जनाएको थियो ।

हिन्दी भाषामा रूपान्तरण भएको उक्त नाटकलाई वर्तमान नेपाली समयअनुकुल हुने गरी पुनः रूपान्तरण गरेर प्रस्तुत गर्न लागिएको हो । यो संस्करणको नेपाली रूपान्तरण विमल सुवेदी र सुरज सुवेदीले गरेका हुन् ।

धेरै पहिले लेखिएको भए पनि ‘साबिती’ कथाले समाजमा विद्यमान विविध विसङ्गतिको असली स्वरूप देखाउने यसका निर्देशक विमल सुवेदी बताउँछन् । उनका अनुसार यो कथा नाटकमा प्रस्तुत भएको हेर्ने जगदीश घिमिरेको ठुलो धोको थियो । तर पहिलो प्रस्तुति रोकिएपछि पुनः यसको प्रस्तुति हुनुभन्दा पहिला नै उहाँ बितेपछि आफ्नो मनमा गहिरो चोट बसेको उनी बताउँछन् । ‘नेपाली रंगमञ्चमा धेरैजसो विदेशी नाटकको अनुवाद मात्र गरिने हुँदा थिएटर भिलेजले नेपाली नाटक तथा साहित्यलाई अन्तर्राष्ट्रियता लैजाने आफ्नो उद्देश्य अनुरूप पहिलो कदमका रूपमा यसै नाटक मञ्चन गर्ने सङ्कल्प गरेका थियौँ’ उनी स्मरण गर्छन् ।

अभिनयको लागि हाल नेपालमा रहेकी चर्चित रङ्गकर्मी तथा हरियाणास्थित स्टेट युनिभर्सिटी अफ पर्फर्मिङ एण्ड भिज्युअल आर्ट्स को अभिनय विभाग प्रमुख अनुराधा मजुमदार यस कथाले अनेकौँ आयातित वाद र विश्वव्यापीकरणमा अडेस लागेका ती स्वरूप अनि त्यसकै आडमा रहेका पितृसत्ता, सामाजिक विभेद, राजनैतिक विसङ्गति, अनि शिक्षा र स्वास्थ्यको संवेदनाहीन कालो व्यापारिकरणलाई उदाङ्गो पारेको बताउँछिन् । त्यो अवस्था भारत र नेपालमा खासै फरक नरहेको उनको बुझाइ छ ।

मूल कथा पुरुष पात्रको पक्षबाट लेखिएको भए पनि नाटकले महिला पात्रलाई केन्द्रमा राखी महिला पात्रहरू कसरी असमान सामाजिक संरचनाको कठघरामा उभ्याएको छ भन्ने पक्ष आफूलाई सबैभन्दा सुन्दर लाग्ने उनी बताउँछिन् । उनी भन्छिन् ‘महिला पात्रमार्फत नाटकले सामाजिक संरचनाले समानताको बाटो बिराउँदा वर्गीय, लैङ्गिक, सामाजिक, जातीय र आर्थिक जस्ता क्षेत्रमा पार्ने प्रत्यक्ष असरहरू केलाउँछ । नाटकले शून्यवाद नजिक रहेर घिनलाग्दो समाजलाई अनेक कोणबाट प्रश्नहरू गरेको छ ।‘ अनुराधाका साथै यस नाटकमा सुजन वली र साजन कुमार सुनुवारको पनि अभिनय रहने छ ।

थिएटर भिलेजले भर्खरै नारायण वाग्लेको चर्चित उपन्यासमाथि आधारित नाटक ‘पल्पसा क्याफे’ पनि मञ्चन गरेको थियो ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ११ : ५९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित