कांग्रेसका थापा र एमालेका चौधरीलाई आयोगले सोध्यो स्पष्टीकरण « Khabarhub

कांग्रेसका थापा र एमालेका चौधरीलाई आयोगले सोध्यो स्पष्टीकरण


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभन र अरुलाई धम्की दिनेजस्ता कार्यप्रति ध्यानाकर्षण गराउँदै विभिन्न पार्टीका नेता र उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।

आयोगले नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगनकुमार थापालाई ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईँहरूको टोलमा आउँदैछौँ’ भनी सामाजिक सञ्जालमा सूचना राखेको विषयमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा(३) र (४) बमोजिमको कारवाही किन हुनु नपर्ने हो ? भनी स्पष्टीकरण सोधेको छ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नु पर्ने आचरणअन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने व्यवस्था स्मरण गराउँदै ट्वीटरमार्फत मतदातालाई प्रभावित गर्ने कार्य गरेको देखिएकाले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको हो ।

एमाले उम्मेदवार चौधरीलाई स्पष्टीकरण

आयोगले नेकपा (एमाले) सुनसरी क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीलाई इटहरी उपमहानगरपालिका–१४ मा कार्यकर्ता भेटघाटका क्रममा दिएको अभिव्यक्ति ‘विपक्षीलाई गोली ठोक्ने र छुरा रोप्ने एमाले नेतृ भगवती चौधरीको धम्की’ भन्ने विषयको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नु पर्ने आचरणअन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था स्मरण गराउँदै  आचारसंहिताको विपरीत हुनेगरि अभिव्यक्ति दिएकाले २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय, सुनसरीमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको हो ।

शिक्षकलाई स्पष्टीकरण

आयोगले पाटन संयुक्त क्याम्पसका सहप्राध्यापक डा प्रदीप पराजुलीलाई नेपाली कांग्रेस पार्टी सचिवको रूपमा कार्यरत रहेको भन्ने व्यहोराको उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधेको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) बमोजिम नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति दलको सदस्य हुन सक्दैन ।

आचारसंहिताको दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने व्यवस्थाअन्तर्गत खण्ड (क) मा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने’ व्यवस्था रहेको स्मरण गराउँदै उहाँलाई २४ घन्टे स्पष्टीकरण सोधिएको हो ।

यस्तै पर्वत जिल्ला निर्वाचन कार्यालयले कुस्मास्थित शिवालय माविका शिक्षक चिरञ्जीवी अधिकारीलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । अधिकारीले गत असोज २२ गते आफ्नो फेसबुक स्टाटस्मा दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसार गरेकाले सो निर्देशन दिइएको हो । निर्वाचन आचारसंहिता २०७९ को दफा ४६ तथा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ अनुसार किन कारबाही नगर्नु पर्ने हो भनी आयोगले स्पष्टीकरण सोधेको हो ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ११ : ४३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित