फिनल्यान्डकी प्रधानमन्त्रीप्रति ऐक्यबद्धता जनाउँदै विश्वभरका महिलाले सेयर गरे नाचेको भिडियो « Khabarhub

फिनल्यान्डकी प्रधानमन्त्रीप्रति ऐक्यबद्धता जनाउँदै विश्वभरका महिलाले सेयर गरे नाचेको भिडियो


८ भदौ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेलसेन्की – फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिन यस हप्ता आलोचनामा परेपछि विश्वभरका महिलाहरूले सामाजिक सञ्जालमा ऐक्यबद्धता देखाउँदै आफूले नाचिरहेको भिडियो सेयर गरेका छन् । उनी साथीहरूसँग मातेको अवस्थामा नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको समर्थनमा प्रधानमन्त्रीको नक्कल गर्दै विभिन्न देशका महिलाले भिडियो बनाएका हुन् ।

उनको भिडियो सार्वजनिक भएपछि प्रधानमन्त्रीले लागू औषध सेवन गरेको हुन सक्ने भन्दै त्यसको परीक्षण गर्न माग गरिएको थियो । परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । सन्ना मारिनको ड्रग टेस्टमा नेगेटिभ रिपोर्ट आएपछि धेरै महिलाहरूले ’सन्नासँग एकता’ ह्यासट्यागको साथ भिडियोहरू पोस्ट गरे । केही विरोधीले बहालवाला प्रधानमन्त्री उक्त बानीको आलोचना गरे पनि यसप्रति सामाजिक सञ्जालमा महिला उनको पक्षमा उभिएका छन् ।

भिडियोमा महिलाहरूले आफ्ना घर वा सार्वजनिक स्थानमा नृत्य गरेको देखिन्छन् । एक प्रयोगकर्ता सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो क्याप्सनले प्रधानमन्त्रीप्रति ऐक्यबद्धता गरेको पुष्टि हुन्छ । ‘हामी सबैले अलि बढी नाच्नु पर्छ! म सन्नासँग एकतामा खडा छु।’ सान्ना मारिनलाई समर्थन जनाउने विभिन्न देशका महिला राजनीतिज्ञ पनि छन् ।

अस्ट्रेलियाकी  संसद सदस्यले नृत्य गरेको तस्बिर ट्विटरमा पोस्ट गर्दै लेखेकी छन्, ‘ यदि पार्टीमा बाफ छोड्नु तपाईँको प्रधानमन्त्रीले गरेको सबैभन्दा नराम्रो काम हो भने, तपाई धेरै भाग्यशाली हुनुहुन्छ ।’

युरोपेली संसद्की सदस्य, टिली मेट्जले पनि मारिनसँग ऐक्यबद्धता जनाउँदै सार्वजनिक वातावरणमा नाचिरहेको भिडियो सेयर गरेकी छिन् । ‘राइट टु डान्स’ र ‘राइट टु डिसकनेक्ट’ ह्यासट्यागको साथमा उनले भनिन्, ‘महिला राजनीतिज्ञ आफ्नो सप्ताहन्तमा साथीहरूसँग नाच्दा तपाईँलाई समस्या छ भने तपाईँमा समस्या हो, राजनीतिज्ञमा होइन। हामी अझ बढी नाच्नु पर्छ,।’

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  १० : ०६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित