एमालेको चुनावी घोषणापत्र मस्यौदा कार्यदल गठन, ओलीले ७५३ वटै कमिटीसँग भर्चुअल संवाद गर्ने « Khabarhub

एमालेको चुनावी घोषणापत्र मस्यौदा कार्यदल गठन, ओलीले ७५३ वटै कमिटीसँग भर्चुअल संवाद गर्ने


१० चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि पार्टीको केन्द्रीय घोषणापत्र मस्यौदा गर्न कार्यदल गठन गरेको छ ।

बिहीबार काठमाडौँमा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष तथा नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख ईश्वर पोखरेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलले चैत मसान्तभित्र घोषणापत्रको मस्यौदा केन्द्रीय सचिवालय समक्ष बुझाउने छ ।

त्यस्तै घोषणापत्र वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा सार्वजनिक गर्ने र सोही दिन ७५३ वटै पालिकामा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने निर्णय गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

त्यसअघि घोषणापत्रको तयारीका लागि अध्यक्ष ओलीले चैत १६ गते ७६३ वटै पालिकाका कमिटीका प्रतिनिधिहरूसँग केन्द्रीय कार्यालयबाट भर्चुअल संवाद गर्ने तय भएको उनले बताए । त्यस्तै बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ । एमालेले उम्मेद्वार चयनका लागि ६ वटा मापदण्ड पारित गरेको रिजालले बताए। आगमी निर्वाचनका लागि कार्यक्रम गर्दा बढीमा ५ जनामात्र अतिथि राख्ने र ५ जनासम्मको मात्र भाषण राखिने पनि तय भएको उनले जानकारी दिए।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उच्च मनोबलका साथ चुनावी मैदानमा उत्रिन केन्द्रिय सदस्यहरुलाई निर्देशन दिएका थिए। गठबन्धनको भयबाट मुक्त भए चुनावमा जान ओलीले निर्देशन दिएका प्रचार विभाग उपप्रमुख रिजालले जानकारी दिए ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ७ : ४३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित