स्थानीय निर्वाचन शान्तिपूर्ण रूपले सम्पन्न हुन्छ : गृहमन्त्री खाँण « Khabarhub

स्थानीय निर्वाचन शान्तिपूर्ण रूपले सम्पन्न हुन्छ : गृहमन्त्री खाँण


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने दाबी गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटामा सशस्त्र प्रहरी प्रदेश हेड क्वाटर (सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय) को उद्घाटन गर्दै निर्वाचनमा भाग लिन सबै दललाई अनुरोध गरेका हुन् । उनले विप्लवप्रति इंकित गर्दै निर्वाचनप्रति कुनै शंका नगर्न र निर्वाचनमा भाग लिन आग्रह गरे । 

गृहमन्त्री खाँणले सशस्त्र प्रहरीको स्थापनापछि नेपालमा सुशासन तथा शान्ति व्यवस्था कायम गर्न सफल भएको दावी पनि गरे । देशको सुरक्षाको लागि सशस्त्र प्रहरीको मेहनत उत्कृष्ट रहेको जनाउँदै देशकै अब्बल बाहिनी बन्न शुभकामना व्यक्त गरे । उनले लामो समय देखि रोकिएको सशस्त्र प्रहरीको बढुवा प्रक्रिया व्यवस्थापनको लागि सरकारले तयारी गरेको जनाए । 

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्र, राष्ट्रिय अखण्डताको रक्षा गर्न सशस्त्र प्रहरी सधैँ तत्पर रहेको बताए । सीमा क्षेत्रमा शान्ति सुरक्षाको विश्वसनीय वातावरण बनाउनु थप बोर्डर आउट पोष्ट स्थापना गर्नु पर्ने बताउँदै लुम्बिनी प्रदेशमा ४१ बीओपी स्थापना भईसकेको र चालु आर्थिक वर्षमा १७ थप हुने चरणमा रहेको बताए ।  

कुल ५० बिगाहा क्षेत्रफलमा फैलिएको मुख्यालयले लुम्बिनी प्रदेशका १२ जिल्लाका युनिटहरू रहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक कुलबहादुर नेम्वाङ्गले बताए । मुख्यालय कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटा बजार क्षेत्रमा छ । २०५७ सालदेखि सञ्चालन भएको गणको ६ भदाै २०७५ मा स्तराेन्नति भई बाहिनीको रुपमा स्थापना भएको थियो ।  

कार्यक्रममा संसद अभिशेख प्रताप शाह, नेपाली कांग्रेस लुम्बिनी संसदीय दलका नेता विरेन्द्रकुमार कनोडिया, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन केसी, शिवराज नगरपालिकाका नगरप्रमुख  नेत्रराज अधिकारी, प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे, प्रहरी नायब महानिरीक्षक कुलबहादुर नेम्वाङ्ग लगायतको उपस्थिति  थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  २ : २५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित