मिस युनिभर्स नेपाल भित्र्याउन नग्माले गरेको त्यो संघर्ष  « Khabarhub

मिस युनिभर्स नेपाल भित्र्याउन नग्माले गरेको त्यो संघर्ष 


७ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘मिस युनिभर्स नेपाल २०२२’ का लागि आवेदन खुला गरिएको छ ।

मिस युनिभर्स फ्रेन्चाइज अन्तर्गत उमंग क्रिएसनद्वारा तेस्रो पटक आयोजना हुने प्रतियोगितामा समावेशिता र अवसरको सिर्जना गरिने मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले बताइन् । प्रतियोगिताका लागि ५ मे देखि दुई महिनासम्म आवेदन खुला रहनेछ । यो दुई महिनामा उमंग क्रिएसनले नेपालभर विभिन्न कार्यक्रम तथा कार्यशाला गर्ने घोषणा गरेको छ । मिस युनिभर्सलाई नेपाल भित्र्याउनेसँगै यो उचाइमा पुर्‍याएको श्रेय नग्मा श्रेष्ठलाई जान्छ । 

No description available.

सन् २०१२ मा मिस नेपाल अर्थ भएकी नग्मा श्रेष्ठ सन् २०१७ मा  ‘मिस युनिभर्स नेपाल’ घोषित भइन् । हेडन ट्रिजरले आयोजना गरेको मिस नेपालमा फस्ट रनर्सअपको ताज पहिरेकी उनी मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेमध्ये सबैभन्दा अगाडि पुग्ने नेपाली सुन्दरी बनेकी थिइन् । नग्माले राष्ट्रिय तीन र अन्तर्राष्ट्रिय चार गरी सात सौन्दर्य प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् । मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने पहिलो सुन्दरी बनेकी नग्मा यतिबेला ‘मिस युनिभर्स नेपाल’ को कन्ट्री डिरेक्टर छिन् ।

विश्व प्रसिद्ध मिस युनिभर्सको फ्रेन्चाइज नग्मा स्वयंले नेपालमा भित्र्याएकी हुन्। ‘म ब्युटी प्याजेन्ट फ्रिक हुँ,’ नग्मा भन्छिन्, ‘सन् २०१२ देखिको व्यक्तिगत प्रयास सन् २०१६ मा सफल भयो र २०१७ को मिस युनिभर्समा नेपालले पहिलोपटक सहभागिता जनायो ।’ आफ्नो पहलमा नग्माले प्याजेन्टको नेपाल फ़्रेञ्चाइज भित्र्याए पनि उक्त समयमा एक्लै गर्न सक्ने सम्भावना थिएन । त्यसैले उनले हिडेन ट्रेजरलाई कन्ट्री डिरेक्टर बनाएर आफूले मिस युनिभर्समा सहभागिता जनाइन् ।

‘सन् २०१२ देखि निरन्तर एकोहोरो मेल गरे तर त्यसको कुनै जवाफ आएन । मैले नेपाल पनि सहभागी हुन चाहन्छ भन्ने सन्देशसहितको मेल धेरैपटक लेखिसकेकी थिएँ । रिप्लाई नआए पनि सन् २०१६ मा एक कार्यक्रमको जज बन्न अमेरिका पुगेपछि मिस युनिभर्सको हेड अफिसमा सम्पर्क गर्ने कोसिस गरे । त्यो समयमा त्यहाँ सम्पर्क भयो र मैले भेट्ने मौका पाएँ,’ नग्माले भनिन् ।

मिस युनिभर्सको अफिसमा कुराकानी भएर भेट्ने मौका पाएपछि उनलाई ब्युटी प्याजेन्टलाई नेपाल लान सक्छु भन्ने आत्मविश्वास बढ्यो । डालसबाट काठमाडौं फर्किन पर्ने नग्मा न्युयोर्क पुगिन् । ‘त्यो मेल गर्ने केटी तिमी हो,रु पहिलो प्रश्न नग्मालाई थियो । मेल हेर्ने रहेछन् तर रिप्लाई किन गरेनन् ? उनको मनमा प्रश्न उब्जिए । ‘मैले कन्भिन्स गरेँ किन नेपाल सहभागी हुन चाहन्छ भन्ने विषयमा के के भने मलाई नै याद छैन,’ नग्मा भन्छिन्, ‘नेपालमा मिस युनिभर्सको लागि भरपर्दो डिरेक्टर खोज्ने बताएपछि उनीहरू तयार भए ।’

सुन्दरता र सुन्दर पक्षहरू प्रस्तुत गर्ने माध्यमको रूपमा सौन्दर्य प्रतियोगितालाई लिने नग्मालाई लाग्छ आफैलाई स्वीकार्न सक्नु सुन्दरता हो। नग्मा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता नेपाल चिनाउने ठूलो प्लेटफर्मको रूपमा लिन्छिन् । देशको परिचय, यहाँको राष्ट्रिय र ऐतिहासिक महत्वको कुरा, प्राकृतिक एवं सांस्कृतिक विविधताको कुरा, नेपालमा भएको फरक जाति र भाषाबीच एकताको कुरालाई प्रस्तुत गर्ने ठाउँ हो,’ नग्मा भन्छिन्, नेपालको प्रतिनिधित्व हुनुको मतलब सहभागीले आफूलाई प्रस्तुत गर्नु होइन, देशलाई प्रस्तुत गर्नु हो ।’ उनले आफैले सहभागिता जनाइसकेको अनुभवले पनि उनी पछिका ‘मिस युनिभर्स नेपाल’ लाई गाइड गरिरहेकी छन् ।

उनले कन्ट्री डिरेक्टर भएर सन् २०२० का लागि अंशिका शर्मा र सन् २०२१ का लागि ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेतलाई मिस युनिभर्समा सहभागी गराइसकेकी छन् । उनको सपना छ, नेपाली ब्युटी प्याजेन्ट होल्डरले अन्तर्राष्ट्रिय मञ्चमा ट्रफी उचालेको हेर्ने । ‘म प्याजेन्टमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन चाहन्छु, ’उनले भनिन् । नग्मा यतिबेला नयाँ मिस युनिभर्सको खोजीमा जुटेकी छिन् । यसअघि झैँ यस वर्ष पनि प्रतियोगितामा उचाइ र तौलको मापदण्ड हुने छैन । समलैंगिक महिलाहरूले समेत सहभागिता जनाउन पाउने यस प्रतियोगितामा देश बाहिर रहेका अन्य नेपाली युवतीहरूले पनि आवेदन दिन सक्ने बताइएको छ ।

मिस युनिभर्स नेपालको ताज पहिरेर आफ्नो देशलाई ७१ औं मिस युनिभर्सको मञ्चमा प्रतिनिधित्व गर्न चाहने सबै साहसी, सशक्त र सुन्दर युवतीहरूले मिस युनिभर्स नेपालको आधिकारिक एपमार्फत दर्ता गरी प्रतियोगितामा भाग लिन सक्ने नग्मा बताउँछिन् । अगस्ट १९ मा सुन्दरीहरुबीच अन्तिम प्रतिस्पर्धा हुनेछ ।

विजेताले मिस युनिभर्सको ७१ औं संस्करणको मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् । साथै १० लाख नगदसँगै अन्य उपहार पनि प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  १२ : ५४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित