‘बेरोजगारी अन्त्य गर्न वर्तमान सरकार केन्द्रित छ’ « Khabarhub

‘बेरोजगारी अन्त्य गर्न वर्तमान सरकार केन्द्रित छ’


४ भदौ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घर-घरमा रोजगार सिर्जना गर्ने कार्यमा वर्तमान सरकार केन्द्रित रहेको बताएका छन्  । सुनसरीको बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरमा आज नेटवर्क विस्तार तथा शुभारम्भ कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले वर्तमान सरकारले सूचना प्रविधिको विकास गरेर घर-घरमा रोजगारी सिर्जना गर्ने कार्यमा केन्द्रित भएको बताए ।

देशमै रोजगारी नहुँदा युवाहरूले खाडी मुलुकमा गएर जोखिम मोलेर कार्य गरिरहेको उल्लेख गर्दै उनले त्यसलाई अन्त्य गर्नका लागि वर्तमान सरकार विभिन्न किसिमको कार्य गरिरहेको दाबी गरे । स्वदेशमै रोजगारीको सिर्जना नहुँदा युवाले जोखिममुक्त कामका लागि विदेश जानुपर्ने बाध्यता रहेकाले त्यसलाई अन्त्य गर्नका लागि आफूले सक्दो पहल गर्ने विश्वास दिलाए ।

नेपाली युवालाई उच्च तापक्रममा श्रम बेच्नुपर्ने बाध्यता रहेको बताउँदै उनले मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिए । मुलुकलाई विकसित तुल्याउनका लागि सबै मिलेर देशबाट बेरोजगार र गरिबीलाई अन्त्य गर्न आवश्यक रहेको मन्त्री कार्कीले बताए । उनले अहिले मुलुक बेरोजगार र गरिबीको चपेटामा परेका कारणले त्यसलाई १० वर्षभित्रमा अन्त्य गरेर दक्षिण एसियाको धनी देशका रूपमा विकसित गर्न सरकारले चाहेको जानकारी  दिए ।

बेरोजगारीको चपेटामा परेकाले भाषणमा मात्र नभई व्यवहारमा त्यसलाई अन्त्य गर्नका लागि चाहेको उल्लेख गर्दै समृद्ध देश निर्माणका लागि जुट्न सबैलाई अपिल गरे।  सोही अवसरमा मन्त्री कार्कीले सुनसरी क्षेत्र नं ४ को विभिन्न स्थानमा नेटवर्कको समस्या हुँदै आएको त्यसलाई समाधान गर्नका लागि नेटवर्क विस्तारको कार्य गर्दै त्यसको एक कार्यक्रमको बीच उद्घाटन गरेका छन् 

मन्त्री कार्कीद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज बाढी प्रभावित क्षेत्रको निरीक्षण  गरेका छन्  । केही दिन अगाडि सप्तकोसी नदीले बहाव परिवर्तन गर्दा सुनसरी बराह क्षेत्र नगरपालिका–६ र ८ का जनताले बाढीबाट प्रभावित जनताको अवस्था बुझ्न उहाँले त्यस क्षेत्रको निरीक्षण गरेका हुन् । प्रभावित जनताको अवस्था बुझ्दै त्यस क्षेत्रलाई मन्त्रिपरिषद्को बैठकले संकटग्रस्त क्षेत्रको रूपमा घोषणा गरिसकेकाले उनले आवश्यक राहतका लागि कार्य उपलब्ध गराउन सुरु गरिएको बताए ।

मन्त्री कार्कीले त्यस क्षेत्रको पीडितहरूको अवस्था अहिलेसम्म भएको राहतको कार्य, उद्धार, क्षतिको विषयमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी प्रमुख प्रभुप्रसाद ढकालसहितको सरोकारवालासँग जानकारी लिए ।

प्रकाशित मिति : ४ भदौ २०७९, शनिबार  ५ : ४९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित